१६ वैशाख, पर्वत । आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट तीन युवाहरु वडा अध्यक्षको भिडन्तका लागि तयार भएका छन । समकालीन राजनीतिमा तेस्रो पुस्ताका तीन युवाहरु वडा अध्यक्ष पदमा भिडनका लागि तयार भएका हुन ।
जिल्ला कमिटि सचिवालय सदस्य जीवन उचै ठकुरी, जिल्ला कमिटि सदस्य समेत रहेका युवा संघ पर्वतका अध्यक्ष विमल लामिछाने, र अनेरास्वीयूका पूर्व अध्यक्ष सुवास चन्द्र पौडेललाई एमालेले वडा अध्यक्षमा उठाउने भएको हो । लामिछाने मोदी गाउँपालिका वडा न ६ तिलाहारबाट वडा अध्यक्ष पदमा उठ्दछैन भने, ठकुरी महाशिला गाउँपालिका वडा न ५ लुंखुबाट वडा अध्यक्ष पदमा उठ्दैछन ।
यसैगरी गुप्तेश्वर बहुमुखी क्याम्पसका पुर्व सभापति समेत रहेका पौडेल कुश्मा नगरपालिका वडा न ७ वाट वडा अध्यक्ष पदमा उठ्दैछन । ३ जनालाई एमालेले वडामा भिडाउने गरी तयारी गरेको जिल्ला कमिटिका सचिप पदमपाणी शर्माले जानकारी दिए । शर्माका अनुसार युवा पुस्ताले नेतृत्व विकास गरेमा आगामी दिनमा युवाको काँधमा पार्टीको थप जिम्मेवारी समेत जाने भएका कारण युवालाई प्राथमिकता दिएर चुनावमा भिडाउने गरी पार्टीले आन्तरीक तयारी गरेको छ ।
तिन जना युवा नै आफ्नो कार्य क्षेत्रमा निकै लोकप्रिय भएका कारण पनि उनीहरु वडा अध्यक्ष पदका शसक्त दावेदार हुन ।