Print

पर्वतमा कांग्रेस भित्र उमेदवार छान्न सकस, २५ वडाअध्यक्ष मात्र सर्वसहमत (नामावली सहित)

१३ वैशाख, पर्वत । आकांक्षीको घम्साघम्सीले प्रमुख दलले यहाँ अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा एकले अर्कोलाई स्वीकार नगर्दा सर्बसम्मतको प्रयास सफल नभएको ती दलका नेताले बताएका छन्। नेपाली कांग्रेसले वडा तहदेखि नै उम्मेदवार छनौटको प्रक्रिया थाले पनि सर्वसम्मत नहुँदा क्षेत्रीय समितिमा ल्याएर रोकिएको छ।

दुई नगर र पाँच गाउँपालिका रहेको पर्वतमा काँग्रेसले पैंयू गाउँपालिकाबाहेक अन्यत्र सर्वसम्मत बनाउन सकेको छैन। पैंयूमा ७ वटै वडाका नेता कार्यकर्ताले १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा पराजित खगेन्द्रप्रसाद तिवारीलाई सर्वसम्मत प्रमुखमा सिफारिस गरेका छन्। पैंयूमा उपप्रमुखमा समेत सर्वसम्मत पूर्वमहासमिति सदस्य जसमति गुरुङ सिफारिस भएको नेपाली कांग्रेस पैंयू गाउँपालिका समन्वय समितिका संयोजक डम्बरबहादुर प्रधानले जानकारी दिए।