१३ वैशाख, पर्वत । महाविनाशकारी भुकम्प गएको आज ठिक दुई वर्ष पुरा भएको छ । दुई वर्षसम्म पर्वतमा जम्मा साढे चार सय पिडितहरुसँग मात्र अनुदान सम्झौता भएको छ ।
पर्वतमा गत चैत २८ गतेदेखि मात्रै निजि आवास अनुदान सम्झौता शुरु भएको थियो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय तथ्यांक विभाग अन्तर्गत जिल्ला तथ्यांक कार्यालयले जिल्लाका सवै भकुम्प पिडितहरुको लगत संकलन गरिसकेपछि पर्वतको मोदी गाउँपालिकाबाट निजि आवास पुर्ननिर्माण अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण अभियान शुरु भएको थियो ।
अभियान शुरु भएको दुई साता सम्म मोदी गाउँपालिकामा २ सय ५० र दक्षिण क्षेत्रका महाशिला र विहादी गाउँपालिकामा २ सय पिडित परिवारसँग पुर्ननिर्माणका लागि आवास सम्झौता गरिएको जिल्ला समन्वय समिति पर्वतले जनाएको छ ।
पर्वतमा भूकम्पबाट कुल १२ हजार १ सय १९ घरमा क्षति पुगेको भए पनि पहिलो चरणमा लगत संकलनमा समावेश भएका ४ हजार तीन सय ७३ पिडित परिवारलाई वितरण कार्य थालिएको हो । पर्वत जिल्लाका साविकका ३८ गाविस र १ नगरपालिकाको तथ्यांक हो । वाँकी साविकका ८ गाविसको प्रमाणीकरण हुँन बाँकी रहेको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका अनुगमन तथा मुल्यांकन विशेषज्ञ डाक्टर योगेन्द्र रिजालले पिडितलाई सम्झौता गराएर अभियानको सम्झौता शुरुवात गर्दै वैशाख १२ भित्र सवै पिडितहरुको वैंक खातामा रकम पठाईने वताएपनि सम्झौताको काम भने सुस्त गतिमा भएको हो । कतिपय पिडितले आफै घर बनाइसकेको र कतिपयले निर्माण गर्न थालेको भएपनि प्राविधिकहरु गाउँ नपुग्दा समस्या भएकमो पिडितहरुले बताएका छन् ।
जिल्ला समन्वय समितिका स्थानिय विकास अधिकारी विष्णुप्रसाद भुसालले पिडितहरुलाई वर्षायाम शुरु हुनुभन्दा अगावै रकम वितरण गरिसक्ने बताए ।
सम्झौताका लागि सहभागि पिडितहरुले सरकारले दिने भनेको रु ३ लाख निकै न्यून रकम भएकाले यसलाई बढाएर पाँच लाख पु¥याउन माग गर्न थालेका छन् । उनिहरुले तीन लाखले मात्र आवश्यकता अनुसारको घर नबन्ने भन्दै असन्तुष्टी जनाउँदै आएका छन् । कतिपय पिडितहरुले घर बनाईसकेको भएपनि भुकम्प प्रतिरोधी भयो या भएन भन्ने बारे अन्यौल हुँदा राहात पाउनेमा पनि अन्यौलमा परेको गुनासो गरेका छन् ।




