Print

पर्वत कतार समाजको अध्यक्षमा पौडेल

६ बैशाख, पर्वत । रोजगारको शिलशिलामा खाडी मुलुक कतार पुगेका पर्वतेलीहरु संगठित बनेका छन् । हालै सम्पन्न पर्वतेलीहरुको भेलाले पर्बत युबा सेवा समाज कतारमा नयाँ नेतृत्व चयन गरेको हो ।

यस अघि पनि जिल्लाका विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको समाजले आगामी बर्षा २०१७ देखि २०१९ सम्मको लागि नयाँ कार्यसमिति चयन गरेको हो । चिन्तामणि पौडेलको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा आनन्द सुबेदी र भिम बहादुर क्षेत्री रहेका छन् भने महासचिबमा सन्तोष गुरुङ्ग, सचिबमा अनिल क्षेत्री, सचिब पदमा नै बिरेन नेपाली रहेका छन् भने एक उपाध्यक्ष पद र कोषाध्यक्ष तथा सह कोषाध्यक्षमा बैठकले मनोनित गर्ने भएको छ ।

भेलाबाट गठित २९ सदस्यीय नयाँ कार्यसमितिमा पर्वतबाट कतार पुुगेर बैदेशीक रोजगारमा क्रियाशिल युवाहरु चयन भएको महासचिव गुरुङले जानकारी दिए ।

समाजले विगतमा जस्तै आगामी दिनमा पनि दुःखमा परेका पर्वतबासीहरुलाई सहयोग प्रदान गर्ने र सामाजिक कार्यमा समेत प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरुमा आवश्यक सहयोग प्रदान गर्ने योजना रहेको महासचिव गुरुङले बताए ।
यस अघि समाजले पर्वतमा युवाहरुले सञ्चालन गरेको कार्यमा सहयोग, मृगौला पिडितलाई सहयोग लगायतका काम गरेको थियो ।