६ वैशाख, पर्वत । नेकपा(एमाले)को तर्फबाट फलेबास नगरपालिको प्रमुख पदमा सात जना र उपमेयरमा छ जना दाबेदार देखिएका छन । फलेबास नगरकमिटीको बैठकमा मेयरमा सात र उपमेयरमा छ जनाले दाबेदारी प्रस्तुत गरेका हुन ।
फलेबासको मेयर पदका लागि प्रदेश कमिटीका लेखा आयोग सदस्य देबेन्द्रराज पाण्डेय, जिल्ला सचिब पदमपाणी शर्मा, नेकपा(एमाले) धौलागिरी सम्पर्क कमिटीका पुर्ब सचिब पुर्ण गौतम, जिल्ला कमिटी सदस्यहरु बैकुण्ठ भुसाल, कृष्ण लम्साल, बुद्धिजिबी परिषदका अध्यक्ष बिष्णु रिजाल र महिला नेतृ सिता सुबेदीले दाबी प्रस्तुत गरेका छन । मेयर पदका लागि चर्चामा रहेका एमालेका प्रदेश कमिटीका सदस्य मोतीप्रसाद पौडेलले भने दाबेदारी प्रस्तुत गरेका छैनन । उनले जिल्ला कमिटीका सचिब पदमपाणी शर्मालाई समर्थन गरेको बुझिएको छ ।
उपमेयर पदमा नगर कमिटीकी संयोजक मञ्जु अधिकारी, जिल्ला कमिटीका सदस्यहरु सुरक्षा लामिछाने, धनकुमारी सुबेदी, शारदा शर्मा, खेलकुद महासंघकी केन्द्रिय सचिबालय सदस्य बिन्दु अधिकारी र अनेमसंघकी नेतृ शोभा श्रेष्ठले दाबेदारी प्रस्तुत गरेका छन । यो समाचार तयार पार्दा सम्म बैठक जारी छ । बैठक भोली सम्म स्थगित गरि सिफारिस गर्ने संभावना बढी छ ।




