६ वैशाख, म्याग्दी । ट्याक्टर दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँ पालिकामा एक जनाको मृत्यु भएको छ ।
मालिका ६ स्थित भुमेथानमा बालुवा लिन जाँदै गरेको ट्याक्टर सडकबाट ३० मिटर तर खस्न जाँदा ट्याक्टरका सहचालक विजेन्द्र किसानको मृत्यु भएको हो ।
ग १ त ३४८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सोलुखुम्बु सोताङका २८ बर्षिय प्रतिमान तामाङ घाइते भएको म्याग्दी प्रहरीले जनाएको छ । ट्याक्टर मंगलबार दुर्घटना भएको हो । –सन्तोष थापा




