Print

एमालेको कुश्मा नगर कमिटि वैठकमा प्रमुख र उप-प्रमुख पदमा ४/४ जनाको दाबेदारी प्रस्तुत

६ वैशाख, पर्वत । आगामी स्थानीय तहको निर्वाचनको लागि उमेदवार छनोट गर्न देशको दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको कुश्मा नगर संगठन कमिटिको वैठक जारी छ ।

वैठकमा प्रमुख पदमा ४ जना र उपप्रमुख पदमा ४ जनाले उमेदवारी दर्ता गराएका छन । एक जना प्रमुख र एक जना उपप्रमुखका चयनका लागि सदरमुकाम कुश्मा बजार स्थित पार्टी कार्यालयमा जारी नगर वैठकमा उनीहरुले आफ्नो दाबी प्रस्तु्त गरेका हुन ।

एमाले श्रोतका अनुसार नगर प्रमुख (मेयर) को पदमा गोविन्द पहाडी, मेघनाथ सुवेदी, शान्त पौडेल र मनोहर वि. पौडेलले दाबी प्रस्तुत गरेका छन ।

यसैगरी उपप्रमुख पदका लागि सरिता भण्डारी सरु, गंगा रिमाल, मुगा पोख्रेल र सिता देवी देवकोटाले आफ्नो उमेदवारी दर्ता गराएका छन ।

आजको वैठकमा उमेदवारको आफ्नो धारणा सहितको दावी प्रस्तुत गरिएको थियो । वैठक भोलीसम्मका लागि स्थगीत गरिएको छ । भोलीको वैठकमा उमेदवारहरुका वीचमा थप छलफल हुने एमाले नेताहरुले बताएका छन ।