२७ चैत्र, पर्वत । निर्देशक गोपालचन्द लामिछानेले प्रसन्न मुद्रामा घोषणा गरे–‘पर्वतको कुश्मामा चलचित्र लम्फूको आज पहिलो दृश्य छायांकन हुँदैछ ।’ नेपालकै अग्लो पुलको रुपमा चिनिदै आएको बडागाँउ–कैया झोलुंग पुलमा उभिएर निर्देशक लामिछाने घोषणा गरेको केहि बेरमै झोलुंगे पुलको माथिबाट एउटा ड्रोन क्याम्मरा उड्यो । उपस्थित सञ्चारकर्मी र कलाकारको ध्यान ड्रोन क्याम्मरा तर्फ मोडियो । ठूलो पर्दाको नेपाली चलचित्रको दृश्यमा नेपालकै अग्लो पुलको दृश्य पहिलो पल्ट निर्देशक लामिछानेले कैद गर्दै थिए आइतबार । यो सवै दृश्य चलचित्र लम्फूको कुश्मामा भईरहेको छायांकनको हो । निर्देशक लामिछानेको इसारासंगै वैधानिक रुपमा पहिलो पल्ट ड्रोन क्यामराले नेपालकै अग्लो झोलुंगे पुलका मनामोहक दृश्य कैद गर्न थाल्यो ।
पर्वत मिलन क्लबबाट अभियनको क्षेत्रमा प्रवेश गर्दै निर्देशक समाजका महासचिव समेत भईसकेका निर्देशक लामिछानेले कुश्माका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुराउने उद्देश्यले चलचित्र लम्फूको छायांकन कुश्मामा शुरु गरेका हुन ।
कबिर खड्काले डेवियू गर्न लागेको उक्त चलचित्रको २० दिने सुटिङको पहिलो दिन निर्माण पक्षले अग्ला पुलहरुको दृश्यलाई चलचित्रको पर्दामा उत्रार्ने गरी छायांकन गरेको हो ।
चलचित्र मार्फत कुश्माका दृश्यहरुलाई विश्वभर देखाउने गौण इच्छा ब्यक्त गर्ने शालिन स्वभावका निर्देशक लामिछानेलाई चलचित्रका निर्माता शक्तिबल्लब घोरासैनीले साथ दिएका छन ।
सुखी र सम्पन्न जीवन जिउने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा सुरु भए पश्चात उत्पन्न हुने आरोह अवरोहलाई फिल्मले देखाउने गरी चलत्रिको निर्माण कार्य भईरहेको छ । ४० दिने सुटिङ्ग अबधि रहेको फिल्मको आईतबारबाट पर्बतमा छायाङ्गकन शुरु भएको हो ।
चलचित्रमा मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायतको अभिनय रहनेछ । पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने फिल्ममा भूपतिको लेखन रहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, अष्ट महर्जनको द्वन्द्व, हरि सिलवालको सम्पादन, रामजी लामिछानेको नृत्य र दिपक बज्राचार्यको छायांकन हुनेछ । पुनम इन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने फिल्म पर्वत र काठमाडौंमा छायाङ्गकन हुने समेत जनाईएको छ ।
फिल्ममा प्रमोद ढुंगाना, नरेश भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द छन् । पपुलर मल्टिमिडियाले यसअघि ‘किन लाग्छ माया’, ‘बोक्सी’ र ‘दि मिरर’ निर्माण गरिसकेको छ भने पुनम इन्टरटेन्मेन्टको सहकार्यमा ‘ओ माइ म्यान’ नामको सर्ट फिल्म पनि निर्माण गरीसकेको छ ।
काठमाण्डौं र चितवनका केहि भागहरुकोे छायांकन सकेर सुटिङ युनिट पर्वतको कुश्मामा आएको हो । चलचित्रका विभिन्न भागहरु कुश्माका अग्ला पुल, यान्त्रिक पुल र ज्ञादी फाँटमा छायाँकन हुने बताइएको छ ।






प्रतिकृया दिनुहोस्