Print

पर्बतमा मतदाता शिक्षा शुरु, पहिलो चरणमा ४० जनालाई प्रशिक्षण

२७ चैत्र, पर्वत । जिल्ला निर्वाचन कार्यालय पर्बतले स्थानीय तह निर्वाचन २०७४ को लागि निर्वाचन शिक्षा कार्यकर्ता एवं मतदाता शिक्षा स्वयंसेवक प्रशिक्षण कार्यक्रम आईतबारबाट शुरु गरेको छ । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहितरुपमा सम्पन्न गराउन पर्बतमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।

आम मतदाताहरुलाई निर्वाचनको आवश्यकता, महत्व एवं मतदानसम्बन्धी जानकारी दिने उद्देश्यले सो प्रशिक्षण कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय पर्बतले जनाएको छ ।

प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै माननिय जिल्ला न्यायधिस तथा मुख्य निर्बाचन अधिकृत मोहनराज भट्राईले आईतबारबाट मतदाता शिक्षाको कार्यक्रम औपचारिक रुपमा सुरु भएको बताउनुभयो ।

उहाले निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकहरुलाई यस्तो जिम्मेवारी पाउनु भनेको राज्यको जिम्मेवार ब्यक्ति बन्ने अवसर रहेको भन्दै मतदाता शिक्षा कार्यक्रम सिकिसकेपछि उचित उपयोग गर्दै आम मतदाताहरुसम्म सिकाउन आग्रह गर्नुभयो । उहाले मतदाता शिक्षा सिकिसकेपछि निर्वाचन सम्बन्धीको शिक्षा र मतदान कसरी बदर नहुने बा बनाउने भन्ने कुरालाई राम्रोसँग सिकाउने जिम्मा स्वयंसेवकहरुमाथि आएको प्रस्ट पार्नुभयो ।

त्यस्तै, जिल्ला निर्वाचन कार्यालयका पर्बतका निर्बाचन अधिकृत लक्षु शर्माले जिल्लाभरिमा १ सय २४ जनालाई निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवक सम्बन्धीको प्रशिक्षण दिने काम सुरु भएको बताउनुभयो । निर्वाचन आयोगले तोके बमोजिमको जिल्लामा निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवक सम्बन्धीको प्रशिक्षण शुरु भएको उहाको भनाई छ ।

निर्बाचन शिक्षा कार्यक्रता ५४ र इसिडिका शिक्षिका ७० जना गरि जम्मा १ सय २४ जनालाई मतदाता शिक्षा सिकाईने छ । आईतबार बाट शुरु भएको मतदाता शिक्षा कार्यक्रममा ४० जनाको सहभागिता रहेको छ । पहिलो चरणको कार्यक्रम सोमबार सकिने र दास्रो चरणको कार्यक्रममा अन्य सहभागिहरुलाई प्रशिक्षण दिईने जनाईएको छ । तालिमको सहजीकरण क्षेत्रिय प्रशिक्षण प्राप्त जिल्ला शिक्षा कार्यलय पर्बतका  बमबहादुर क्षेत्रि जिल्ला समबन्य समितिका कार्यक्रम अधिकृत दिपेन्द्र लम्साल र जिल्ला निर्बाचन अधिकारी लक्षु शर्माले गर्नुहुनेछ ।-सुबास लामिछाने

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस