Print

कुश्माको अर्मादीमा युवकको शव फेला परयो

२२ चैत्र, पर्वत । कुश्मा नगरपालिकाको अर्मादीमा एक युवकको शव फेला परेको छ । कुस्मा नगरपालिका २ खुर्कोटका ४३ वर्षिय राजु केसीको शव फेला परेको हो ।

गत चैत १९ गतेदेखि हराईरहेका केसीको २ दिन पछि स्थानीय अर्मादीको भिरमा मृत अवस्थाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कार्यालका अनुसार मृत अवस्थाको मानिस भेटिएको भन्ने सूचनाका आधारमा जाँदा उक्त शव केसीको शव भएको बताईएको छ । मृतक केसीको शव पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस