२२ चैत्र, काठमाण्डौं । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता शिक्षालाई पनि अघि बढाएको छ । ध्यानपूर्वक मत व्यक्त नगरेमा तपाईंको मत बदर हुन पनि सक्दछ ।
स्थानीय निर्वाचनमा प्रत्येक मतदाताले सात जना प्रतिनिधी छान्नुपर्छ । गाउँ प्रमुख वा नगरप्रमुखका लागि एक मात्रै स्वस्तिक चिन्ह दिनुपर्छ । ठाडो लाइनमा लस्करै रहेका उम्मेदवारहरू मध्ये एक जनलाई मात्रै भोट दिनुपर्छ ।
त्यस्तै प्रमुखको लाइनपछि रहेको अर्को ठाडो लाइनमा उपप्रमुख वा उपाध्यक्षका उम्मेदवारहरू हुन्छन् । त्यहाँ पनि एक जनलाई मात्रै भोट दिनुपर्छ ।
मतपत्रमा रहेको तेस्रोलाई वडा अध्यक्षको लाइन हो । त्यहाँ पनि एक जनालाई मात्रै मत व्यक्त गर्नुपर्छ ।
चौथो लाइन महिला वडा सदस्यको हो । त्यहाँ एक जना मात्रै महिला वडा सदस्यलाई भोट दिनुपर्छ ।
पाँचौ लाइन महिला दलित वडा सदस्यको लाइन हो । त्यहाँ पनि एक जनालाई मात्रै मत व्यक्त गर्नुपर्छ ।
छैठौं र सातौं लाईन अन्य दुई वडा सदस्यको लागि हो । सम्भवत त्यो लाइनमा पुरुष उम्मेदवार हुने छन् । ती दुई लाइनमा रहेका दुई जना उम्मेदवारलाई मात्रै भोट दिनुपर्छ । दुई लाइन मध्ये पहिलो लाइनकै दुई जनालाई पनि दिन सकिन्छ वा दोस्रो लाइनकै दुई जनालाई पनि दिन सकिन्छ ।
अथवा दुई वटा लाईनमा रहेका एक एक जनालाई मत दिँदा पनि हुन्छ । तर छैठौं र सातौं लाइनमा दुई ठाउँमा मात्रै स्वस्तिक चिन्ह लगाउनुपर्ने हुन्छ ।
स्वस्तिक छाप आफूले मन पराएको उम्मेदवारको चुनाव चिन्हको कोठामा लगाउनुपर्छ । र त्यो छाप अन्य कोठामा जानु हुँदैन ।

यसरी गाउँ वा नगर प्रमुखलाई एक, उपप्रमुखलाई एक मत दिनुपर्छ । उपप्रमुख चाहिँ महिला हुने सम्भावना रहन्छ ।
त्यस्तै वडा अध्यक्षलाई एक मत दिनुपर्छ । महिला वडा सदस्यमा एक मत र दलित महिला वडा सदस्यलाई एक मत दिनुपर्छ । अन्य दुई सदस्यलाई एक/एक मत दिनुपर्छ ।
यो बदर नभएको मत पत्रको नमूना हो । यसबाट तपाईंले आफ्नो धारणा बनाउन सक्नुहुन्छ ।

होसियारीपूर्वक मत व्यक्त नगरेमा मत बदर हुन सक्छ । मत बदर हुने सम्भावना रहेका मतपत्रका नमुनाहरू यस्ता रहेका छन् ।





र यो भिडियो पनि हेर्नुहोस् ।





प्रतिकृया दिनुहोस्