२१ चैत्र, पर्वत । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले तराई र पहाडलाई अलग बनाउने षडयन्त्र भईरहेको बताएका छन । मंगलबार मोदी गाउँपालिकामा नेकपा एमालेको कार्यालय उद्घाटन गर्दै पोखरेलले तराई र पहाडलाई अलग बनाउने स्वदेशी तथा विदेशी शक्तिहरु लागि परेको बताएका हुन ।
राष्ट्रियताको सन्दर्भमा कोहि कसैसंग सम्झौता नगर्ने बताउदै पोखरेलले राष्ट्रियता भनेको नेपालीको नेपाल मात्रै रहेको जिकिर समेत गरे । संविधान संसोधनको नाउँमा तराईमा धेरै जनप्रतिनिधि बनाएर पहाडलाई कमजोर बनाउने खेलमा केहि दलहरु लागेका कारण एमाले त्यसको प्रतिरोधमा उभिएको स्पष्ट पारे ।
तराई र पहाड दुवै भूगोल नेपालको भएकाले कुनै पनि भूगोललाई राष्ट्रले टुक्रन दिन नहुने समेत उनले दोहोराए । कार्यक्रममलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको जीतले नै मात्र स्थानीय विकास र राष्ट्रियको संरक्षण हुने भएकाले आगामी स्थानीय निर्वाचनमा एमालेलाई जनताले मतदान गर्ने समेत बताए ।
महासचिव पोखरेलले एमालेले बहुमत सहितको ठूलो पार्टी बनेर विरोधीलाई दबाद दिनुपर्ने भएकाले सोहि बमोजीमको चुनावी रणनीतिमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । झरी परीरहेको कार्यक्रम स्थलमा संक्षिप्त मन्तब्य राख्दै महासचिव पोखरेलले चुनाव नचाहने शक्ति पतन हुने भएकाले सवै दललाई चुनावमा भाग लिन आग्रह समेत गरेका थिए ।





प्रतिकृया दिनुहोस्