२१ चैत्र, पर्वत । नेकपा एमाले मोदी गाउँपालिका पर्वतको कार्यालय आज एक कार्यक्रमका वीच नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले उदघाटन गरेका छन ।
जिल्लाका ५ गाउँपालिका र २ नगरपालिका मध्ये मोदी गाउँपालिकाको महासचिव पोखरेलले उदघाटन गरेका हुन । असिना र पानीका वीच झिज्दै उद्घाटन कार्यक्रममा सहभागी भएका महासचिव पोखरेलले एमालेलाई पहिलो शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
साविकका क्याङ, बाजुङ, तिलाहार, देउपुर, देउराली, भुक, चित्रे र राम्जा देउराली गाविस मिलाएर मोदी गाउँपालिका घोषणा गरिएको हो । कार्यक्रममा नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुवंर, जिल्ला अध्यक्ष पदम गिरी, एमाले नेता प्रेम लामिछाने लगाएत
ले मन्तब्य ब्यक्त गरेका थिए ।
मोदी गाउँपालिकाका इन्चार्ज दाताराम तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विमल लामिछानेले गरेका थिए । कार्यालयको उदघाटनको क्रममा कार्यालय स्थापनामा सहयोग पुराउने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।





प्रतिकृया दिनुहोस्