Print

जनसम्पर्क समिति स्पेनका अध्यक्ष शर्माले पदभार ग्रहण गरे

७ चैत्र, स्पेन ।  नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिवेशनबाट इन्द्र शर्माले जिम्मेवारी हासिल गरेका छन् । नबनिर्बाचित पदाधिकारीहरुलाई आईतबार बार्सिलोनाको हिमाली रेस्टुरेन्टमा भएको प्रमाण पत्र तथा पदभार हस्तान्तरण   संस्थाका संस्थापक अध्यक्ष चिन्तामणि सापकोटाले गरेका  थिए ।

मतदानमा जम्मा ४४३ मत खसेकोमा इन्द्रले २१० मत ल्याएका थिए भने प्रत्यासी रहेका बिष्णु रिजालले दुई सय ५ मतमा नै चित्त बुझाउनु प¥यो । यसैगरी उपाध्यक्षमा राम बाबु सापकोटा र बिदुर गौतम , महामन्त्रीमा राम प्रसाद सापकोटा ( बिराज ) , सहमहामन्त्रीमा रामु चालिसे , कोषाध्यक्षमा सुस्मिता कंडेल लगायत निर्बाचित ७ सदस्यले  प्रमाण पत्र तथा पदभार लिएका थिए   ।

नवनिर्वाचत अध्यक्ष इन्द्र शर्माले केन्द्रबाट आएका नेताहरूको उपस्थितिले समितिको पाँचौ अधिवेशन भव्य भएको भन्दै नेपाली जनसम्पर्क समिति स्पेनस्थित नेपाली समुदायको हितका पक्षमा अत्यन्तै गम्भीर भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । बिदुर गौतमले स्वागत मन्तव्य दिएका थिए । एन आर एन अध्यक्ष्य मुक्त गुरुंगले पनि सफल कार्यकालको शुभकामना दिएका थिए  ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस