७ चैत्र, पर्वत । महिला अधिकार र हकका मागहरु अझै बढाउन पर्वतको कुश्मामा आयोजीत एक कार्यक्रमका बत्ताहरुले बताएका छन ।
मुलुकमा रहेका संवैधानिक आयोगहरुलाई महिला तथा सवै वर्ग, क्षेत्र र पक्षको समान सहभागिता हुने गरी व्यवस्था गर्नुपर्नेमा पर्वतमा सोमवार आयोजित एक कार्यक्रममा जोड दिइएको हुन ।
स्त्री शक्ति नेपाल काठमाडौको सहयोगमा सिड नेपाल पर्वत र गैसस महासंघ नेपाल महिला विभाग तथा मानवअधिकार एलायन्सको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले महिलाहरुलाई राज्यका हरेक निकायमा समान सहभागि गराउनुपर्ने बताएका हुन् । त्यस्तै विभेदमा परेका दलित, आदिवासी, जनजातीहरुको पनि राज्यले सहभागिताको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले नेपालको संविधानमा महिला अधिकार सम्वन्धी व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य मनोहर वि पौडेल, एलायन्सका केन्द्रीय सचिब गोविन्द पहाडी, केन्द्रिय सदस्य खुमप्रसाद सुवेदी, पर्वत बार ईकाईका अध्यक्ष विश्वराज पाण्डे लगायतले बोलेका थिए ।
सीड नेपाल पर्वतका अध्यक्ष नेत्रकला सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत लक्ष्मी बस्याल र संचालन कविता विकले गरेका थिए ।





प्रतिकृया दिनुहोस्