Print

कुटपिटका आरोपीलाई अदालतद्धारा ५ बर्ष कैदको फैसला

२ चैत्र, पर्वत । जिल्लाको ठुलिपोखरीका मोतीप्रसाद लामिछानेलाई कुटपिट गर्ने दुई अभियुक्तलाई पर्वत जिल्ला अदालतले ५ बर्ष कैदको फैसला गरेको छ ।

बुधबार पर्वत जिल्ला अदालतका न्यायधिस मोहनराज भट्टराईको एकल इजलासले जिल्लाको पिपलटारीका कृष्ण भुषाल र डिलबहादुर सुनारलाई ५ बर्षे कैदको फैसला गरेको हो ।

उनीहरुले लामिछानेलाई कुटपिट गरी २०७२ सालको माघ २० गते भिरबाट फालेका थिए । कुटपिटबाट गम्भिर घाइते भएका लामिछानको परिवारले अभियुक्त विरुद्ध ज्यान मार्ने उद्योग बमोजीम मुद्धा दर्ता गरेका थिए ।

पिडक पक्षले ज्यानमार्ने उद्योगमा जन्मकैदको माग गरेपनि अदालतले भने ५ बर्षे कैद सुनाएको हो । कुटपिटबाट गम्भिर घाइते भएका लामिछानलाई पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएकोे थियो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस