Print

जन्मदिनको उपलक्ष्यमा डिक्सहोम वितरण

२ चैत्र, पर्वत । सामाजिक क्षेत्र क्रियाशिल रोट्रयाक्क क्लबको सप्ताहब्यापी कार्यक्रम अन्गर्त बुधबार एक कार्यक्रमको आयोजना गरी डिक्स होम वितरण गरिएको छ ।

डिक्सहोमको कुश्मा वितरण केन्द्रका प्रमुख विनोद शर्माको जन्मदिनको उपलक्ष्यमा शर्माको सहयोगमा क्लबद्धारा डिक्सहोम वितरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको प्रतिक्षालय र फरक क्षमताका विद्यार्थीले अध्ययन गर्ने सूर्योदय प्रावि पाङका लागि २ थान डिक्सहोम वितरण गरिएको हो ।

उक्त डिक्स होमका लागि मासिक विल तिर्न नपर्ने गरी शर्माले ब्यवस्थापन मिलाएका छन । डिक्सहोम वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लिलाराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रको सञ्चालन क्लबका सचिव गणेश पौडेल र अध्यक्षता आरसी पौडेलले गरेका थिए । कार्यक्रममा स्वागत क्लबका अमृत पोख्रेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस