२८ फागुन, पर्वत । गत वर्षमा जस्तै यस वर्ष पनि सामाजिक सांस्कृतिक क्षेत्रमा क्रियाशील रोट्रयाक्ट क्लव अफ पर्वतले रोट्रयाक्ट सप्ताह मनाउने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै फाल्गुन ३० देखि चैत ६ गतेसम्म सप्ताह मनाईने क्लवले जानकारी दिएको छ । मार्च १३ लाई हरेक वर्ष रोट्रयाक्ट दिवसका रुपमा विश्वव्यापी रुपमा मनाईने गरिन्छ । दिवसको अवसरमा रोट्रयाक्ट क्लव अफ पर्वतले सप्ताहव्यापी कार्यक्रम मनाउने भएको हो ।
सप्ताह अन्तर्गत प्रत्येक दिन फरकफरक किसिमका कार्यक्रम हुने जनाईएको छ । फाल्गुन ३० गते रोट्रयाक्ट सप्ताहको उद्घघाटन हुनेछ । दोस्रो दिन चैत्र १ गते पर्बतको चुबा स्थिति रहेको लालेश्वर गुफा पर्यटन प्रर्बद्धनको लागि सरसफाई तथा मुर्ति स्थापना गर्ने कार्यक्रम रहेको छ । तेस्रो दिन चैत्र २ गते ठुलिपोखरी ८ रोहोटेमा रहेको बसन्त प्राबि मा अध्ययन गर्ने अपाङ्ग बिद्यार्थीलाई ह्विलचियर तथा स्टेशनरी बितरण कार्यक्रम रहेको क्लवका अध्यक्ष आरसि पौडेलले जानकारी दिनुभयो ।
व्यवसायी र क्लवका पदाधिकारी बिच सुमधुर सम्बन्ध कायम गर्ने तथा मित्रता बढाउने उद्धेश्यले चौथो दिन अर्थात चैत्र ३ गते शस्सस्त्र प्रहरी चण्डिका गण खेल मैदानमा मैत्रिपुर्ण फुटबल रोट्रयाक्ट र पर्बत संगित तथा ईलोक्टोनिक्स ब्यवसायी संघ बिच खेल हुने भएको छ ।
पाचौ दिन चैत्र ४ गते र्दुलुङ्गमा रहेको सुर्य प्रकाश माबिमा बिद्यालयका लागि कुर्सि,टेबल,प्रिन्टर लगायतका आबश्यक सामाग्री बितरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै छैटौ दिन चैत्र ५ गते होटल बन्दनामा बिषेस गरि युबाहरुको लागि प्रोफिसनल डेभलपमेण्ट तालिमको आयोजना गरिएको छ ।
र सातौ दिन तथा सप्ताहको अन्तिम दिन कुश्मा बजार परिसर बरपर ट्राफिक सचेतना तथा सरसफाईका बोर्ड स्थापना गर्ने कार्यक्रम रहेको र सोही दिन गोपाङ्गघाट गुम्बामा सप्ताह समापन कार्यक्रम हुने जनाईएको छ ।
क्लवले प्रत्येक दिनका कार्यक्रमलाई मर्या्दित, सफल र व्यवस्थित बनाउनका लागि कार्यक्रम संयोजक पनि तोकेको छ । कार्यक्रमका लागि ३ लाख बराबरको अनुमानित लागत तोकिएको छ ।
क्लवका पदाधिकारीहरुले खाजा खर्च कटाएर, स्थानीय संघसंस्था, उद्योगी, व्यवसायी व्यापारीहरुबाट सहयोग मागेर खर्च व्यवस्थापन गर्ने क्लवले जनाएको छ ।
क्लवले प्रतियोगितात्मक कार्यक्रम भन्दा पनि सहयोगका कार्यक्रमलाई प्राथमिकतामा राखेको सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक मिलन पौडेलले जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष रामप्रसाद शर्मा (आरसि) का अनुसार क्लबले आन्तरीक श्रोत परिचालन र केहि ब्यक्तिहरुको सहयोगमा उक्त कार्यक्रमको खर्चलाई ब्यवस्थापन गर्न लागेको छ । क्लबले विसुद्ध सामाजिक क्षेत्रमा टेवा पुराउन सकियोस भन्ने हेतुका साथ कार्यक्रम गर्न लागेको अध्यक्ष शर्माले जानकारी दिए । – सुबास लामिछाने





प्रतिकृया दिनुहोस्