Print

ढलेको विद्युत पोलको तारबाट करेण्ट लागेर लुंखुमा एक बालक गम्भिर घाइते

२६ फागुन, पर्वत । ढलेको विद्युतको पोलमा रहेको तारबाट करेण्ट लागेर पर्वतको लुंखुदेउराली गाविसका वडा न ९ मा एक बालक गम्भिर घाइते भएका छन ।

जिर्ण विद्युतको पोल ढल्दा उक्त पोलमा रहेको विद्युतका तारबाट करेण्ट लाग्दा लुखु गाविस वडा न ९ सात्लेका ११ बर्षिया बालक एन्जन कुवंर गम्भिर घाइते भएका हुन ।

घाइते कुवंरलाई उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेजको सघन उपचार कक्षमा राखिएको स्थानीय जीवन उचै ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार आर्थिक रुपमा विपन्न परिवारका कुवंरको अवस्था चिन्ताजनक भएकाले उपचारका लागि सघन कक्षमा राखिएको हो ।

घाइते कुँवरका बुवा रोजगारका लागि भारतमा रहेको र उपचारका लागि उनीहरुको परिवारलाई आर्थिक समस्या परीरहेको ठकुरी बताउँछन । बाख्रा चराउन जाँदा उनलाई करेण्ट लागेको थियो । जिर्ण पोल हुरीका कारण ढलेको थियो । ढलेको पोलमा विद्युत आपूर्ति बन्द नगर्दा उक्त दुर्घटना भएको ठकुरीले बताए ।

लुंखु गाविसमा जस्तै जिल्लाका अन्य स्थानहरुमा पनि जिर्ण अवस्थामा थुपै्र पोलहरु रहेको र ति पोलहरु जुनसुकै बेला पनि ढलेर ठूलो मानवीय क्षति पुराउन सक्ने हुँदा सम्बन्धित निकायले त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।

तस्विर जीवन उचै ठकुरी

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस