Print

जाजरकोट अपडेटः १३ जनाको शव भेटियो, ३५ यात्रुको अवस्था गम्भीर

२६ फागुन, जाजरकोट । जाजरकोटमा बस दुर्घटनामा हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १३ जनाको शव फेला परेको छ । उनीहरुको सनाखत हुन सकेको छैन् ।

घटनास्थलमा रहेका पत्रकार दिनेश श्रेष्ठका अनुसार ३५ जना गम्भीर घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ ।

बिहीबार अपरान्ह ४ बजेर ४५ मिनेटमा खलंगाको बोहोरा गाउँबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ बस बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खस्दा यो दुर्घटना हुन पुगेको हो ।

क्षमताभन्दा बढी यात्रु र तीव्र गति भएका कारण बसलाई कन्टोल गर्न नसकेर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । बस भिरबाट करिव दुई सय मिटर तल खसेको थियो ।

पत्रकार श्रेष्ठले चालक र सहचालकको मृत्यु भयो भन्ने अपुष्ट समाचार रहेको बताए । उनका अनुसार चलानीमा २८ जना उल्लेख गरिएको बसमा ५५ जना सवार रहेको पाइएको छ ।

जिल्ला सदरमुकामबाट दुई किलोमिटरमा पर्ने घटनास्थलमा नेपाली सेना र प्रहरीको टोलीबाट उद्दार कार्य जारी छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस