Print

बागलुङका दुईमा नेविसंघ, एकमा छैठौ विजयी, धौलागिरी बहुमुखी क्याम्पसमा नेविसंघको जीत

१९ फागुन, बागलुङ । धौलागिरिको एकमात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी भएको छ । अध्यक्षमा मनिष थापाले खसेको ८ सय ३२ मत मध्ये ५ सय २ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै उहाका प्रतिद्वन्द्वी अखिल संयुक्त प्यानलका शेखर खड्काले ३ सय ६ मत प्राप्त गएका छन् ।
त्यस्तै सचिवमा विष्णु पौडेल, कोषध्यक्षमा सुस्मिता बोहरा विजयी भएका छन् । सदस्यहरुमा मिना सापकोटा, सञ्जु चापागाई, मनोज सापकोटा, विवेक जि.सी, हरिवहादुर भण्डारी विजयी हुनु भएको निर्वाचन अधिकृत दिन बहादुर थापाले जानकारी दिनु भयो ।

गलकोट बहुमुखी क्याम्पस बागलुङमा नेविसंघको प्यानल विजयी भएको छ । १ सय ३३ जना विद्यार्थी रहेको क्याम्पसमा १ सय २८ मत खसेमध्ये गुमान सिंह भण्डारीले ७० मत ल्याई विजयी भएका छन् ।   प्रतिद्वन्दी अखिल संयुक्तवाट जिवनकला खत्रीको ५७ मत प्राप्त भएको छ ।

सचिवमा जुमना पुन, कोषध्यक्षमा नविना चालिसे, सदस्यहरुमा दिपा गौतम, खिमा गौतम, कमल परियार, मधु खत्री विजयी भएका छन् । त्यस्तै समानुपातिकमा नेविसंघको ७१, अखिल संयुक्तको ५७ मत प्राप्त भएको निर्वाचन अधिकृत नवराज गौतमले वताउनु भयो ।

यस्तै सर्वोदय बहुमुखी क्याम्पस वरेङ बागलुङमा अनेरास्ववियु छैठौले विजयी घोषणा गरेको छ । स्ववियु चुनावमा एकल प्यानल छौठौ मात्र दर्ता भएको थियो सर्वोदय बहुमुखी क्याम्पसमा ८५ जना विद्यार्थीहरु छन् । अध्यक्षमा शेखर थापा, सह–अध्यक्षमा ज्योेती पुन, सचिवमा ज्योती थापा, सहायक सचिवमा रुपा विक, कोषाध्यक्षमा निर्मला पुन रहनु भएको छ । सदस्यहरुमा रिमा शर्मा, विक्रम पौडेल, पुरन क्षेत्री, सिमा पुन, मनिता शर्मा, अञ्जना थापा रहनु भएको छ ।

बागलुङको बुर्तिबाङमा रहेको निसिभुजि क्याम्पसमा भने निर्वाचन व्यवस्थाप समिति समयमा गठन नहुदा चुनाव हुन नसकेको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले वताउनु भयो । क्याम्पस प्रसाशनकै सक्रियताको कमिका कारण चुनाब हुन नसकेको विद्यार्थीहरुले बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस