Print

ठेकेदार भागेपछि पर्वतको मुडिकुवा-लमाए सडक खण्ड निर्माणको कार्य अलपत्र

फागुन १९, पर्वत । पर्वतको फलेवास—हुवास सडक खण्ड अन्र्तगत मुडिकुवा देखि लमाए सडक खण्ड निर्माणको जिम्मेवारी लिएको ठेकेदार भागेपछि सडक निर्माणको कार्य अलपत्र परेको छ । फलेवासको मुडीकुवा देखि लमाएखोला सम्मको करिब ७.६ कि.मी.सडक खण्डमा २०७४ आषाढ सम्म कालोपत्रे गर्ने काम सम्पन्न गर्ने गरि २०७२ सालमा सम्झौता भएको थियो ।
तर, सडक निर्माणको काम विचमै अलपत्र पारी ठेकेदार सम्पर्क बिहीन भएपछि कालोपत्रे गर्ने काम त्यसै अलपत्र परेको छ । स्थानियबासीहरुले ठेकेदारको काममा ढिलाई हुँदा आफूहरु मर्कामा परेको गुनासो गरीरहेकै बेला निर्माण व्यवसायी नै फरार भएका छन ।
पर्वत क्षत्र नं. २ मा नै पहिलो पटक कालो पत्रे हुन लागेको दक्षीण पर्वत जोड्ने सबैभन्दा व्यस्त तथा व्यापारीक,कृषि क्षेत्रको रुपमा रहेको सो सडक खण्डको काम वसीफ ओभरसिज ईन्जिनियरिङ प्रा.लि.भरतपुर चितवनले मुडिकुवा देखि लमाए सम्मको ७.६ कि.मि. सडक कालोपत्रे गर्न रु.१२ करोड ३८ लाख ६२ हजारमा ठेक्का लिएको थियो ।
निर्माण व्यवसायी सम्पर्क बिहीन भएको जानकारी गराउदै डि.ई. लक्ष्मी प्रसाद मैनालीले सडक अषाढ मसान्तमा सम्पन्न गरी सक्नुपर्नेमा ५० प्रतिशत काम बाँकी रहँदै फागुनको पहिलो साता तिर ठेकेदार फरार भएको पुष्टि गर्नुभयो ।
ठेकेदारले पछिल्लो पटक यहिँ फागुन पहिलो साता रकम बुझेको देखिन्छ । ठेकेदारले २०७२/०७३ को १ करोड ९६ लाख २६ हजार ९ सय र ०७३/०७४ को २ करोड ४० लाख २४ हजार १ सय ५१ रुपैँया बुझिसकेको छ । अब ठेकेदारले ८ करोड १ लाख ७० हजार ३ सयको हाराहारीमा सडकको सम्पुर्ण काम सकिसक्नुपर्ने देखिन्छ । तर सडकको काम गर्न भने धेरै बाँकिनै छ ।
ठेकेदारले पहिले जस्तो तिब्र गतिमाकाम गरेको भए सममै काम सकिने अवस्था थियो । तर, पैसा बुझेर ५० प्रतिशत काम अभै बाकीँ रहेकाले सममै काम नसकिने डरले फरार भएको हुन सक्ने आंकलन गरिएको छ ।
पर्वत क्षेत्र नं.२ मा नै पहिलो पटक सडक कालोपत्रे हुने भएपछी निकै हर्षित भएका स्थानिय बासिन्दा ठेकेदार फरार भएपछी निराष बनेका छन् ।
यता पर्वत क्षेत्र नं.२ का सांसद बिकास लम्सालले पर्वत क्षत्र नं. २ मा नै पहिलो पटक कालोपत्रे हुन लागेको दक्षीण जोड्ने सडक निर्माण कार्य अलपत्र पारी ठेकेदार फरार हुनु दुःखद भएको बताउँदै यो समस्या समाधानको लागि पहल गर्ने बताउनुभयो ।-माधब पराजुली

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस