Print

लुंखुको धुँवाकोट क्याम्पसका निर्वाचन भएको छैन–क्याम्पस प्रशासन, नेविसंघले चौतारीमा प्यानल घोषणा गरेको अनेरास्वबीयूको आरोप

१९ फागुन, पर्वत । पर्वतको लुंखमा रहेको धुँवाकोट बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल घोषणा भएको भन्ने समाचार प्रति क्याम्पस प्रशासनले आपत्ति जनाएको छ ।

क्याम्पस प्रमुख खुमुप्रसाद शर्माले केहि दिनमा स्वबीयू निर्वाचनको प्रक्रिया शुरुगर्ने गरी क्याम्पसले तयारी थालेको बेला केहि विद्यार्थीले आफ्नो मनखुशी प्यानलको जीत भएको घोषणा गरेको बताए ।

शर्माले क्याम्पस ब्यवस्थापन समितिको वैठक बसेर प्रक्रिया शुरुवात गर्ने समेत बताए । समाचारमा आएजस्तो वैधानिकता र औपचारिक नभएको समेत उनले बताए । विद्यार्थीहरुको अधिकार स्थापीतका लागि क्याम्पसले चुनावी प्रक्रिया भने केहि दिनमै शुरुवात गर्ने उनले जानकारी दिए ।

उता, नेविसंघले चौतारीमा केहि ब्यक्ति बसेर चुनाव भयो हामीले जित्यौ भनेर घोषणा गरेको अनेरास्वबीयू पर्वतका प्रचार विभाग प्रमुख लकाश सुवेदी बताउँछन । ‘हार मानसिकताको उपज हो नेविसंघको’ उनले भने ‘चुनावी प्रक्रिया नै शुरु नभएको क्याम्पसमा हामीले जित्यौ भन्नु नौटकी मात्र हो’

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस