१८ फागुन, पर्वत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख जानकी बल्लभ अधिकारीले कार्यालयका दर्ता भएका अधिकांश उजुरी झुटा भएका कारण कर्मचारी सास्ती बेर्होनु परेको बताउनुभएको छ । बुधबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्दै अख्तियार प्रमुख अधिकारीले कार्यालयमा पर्ने अधिकांश उजुरीहरु तथ्यहिन भएकाले छानवीन गर्दै जाँदा प्रमाण फेला नपरेका कारण कर्मचारीले सास्ती बेर्होनु परेको बताउनुभयो ।
आयोगले आयोजना गरेको अख्तियार दुरुपयोग नियन्त्रणमा आयोगको भूमिका विषयक अन्तरक्रियामा बोल्दै प्रमुख अधिकारीले बिल भरपाई चुस्त दुरुस्त राख्न आग्रह गर्नुभयो । विकास निर्माणका योजनाहरु समयमै सम्पन्न गर्न र सम्पन्न भएपछि मात्र रकम भुक्तानी दिन उहाँले आग्रह गर्नुभएको छ ।
प्रत्येक सरकारी कार्यालयका आ–आफ्ना कार्यविधि र नियमावलि छन् त्यसैको अनुरुसरण र पालना गर्दै अघि बढुनहोस्, न कि कुनैपनि ठाउँमा अनियमितता नहोस् उहाँले भन्नुभयो । अधिकारीले भ्रष्टाचार बिरुद्ध शुन्य शहनशिलता कायम गर्नुपर्ने बताउँदै जुन सुकै कारणले भ्रष्टाचार भएको ठहरिएमा कानून बमोजिमको सजाय गरिने बताउनुृभयो । सार्वजनिक पदमा बसेका वा बाहिरका व्यक्तिहरु हुन् उनिहरुलाई राज्यको सम्पत्ती दुरुपयोग गर्ने अधिकार नभएको बताउँदै अधिकारीले यसका निम्ति सेवा प्रदायक र सेवा ग्राही दुवै सचेत हुनुपर्ने बताउनुभयो ।
अख्तियार क्षेत्रीय कार्यालयमा पर्वतका विभिन्न सरकारी कार्यालयसँग सम्वन्धित ६४ वटा मुद्धा दर्ता भएका छन् । त्यसमध्ये सवैभन्दा बढि जिल्ला शिक्षा कार्यालयसँग सम्वन्धित १२ वटा रहेका छन् । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय, स्थानिय निकायका कार्यालय, गृह मन्त्रालय अन्तर्गतका कार्यालयका पनि मुद्धाहरु परेको जनाइएको छ ।
कार्यक्रममा पर्वतका समसामयिक विषयबस्तुका बारेमा सहभागिहरुले जिज्ञासा राखेका थिए । सडक, खानेपानी, विद्युत, सिंचाई लगायतका योजनाहरुमा ढिलासुस्ती तथा आर्थिक पारदर्शिताको कमी भएको बारेमा उठेका जिज्ञासामा अख्तियार क्षेत्रीय प्रमुख अधिकारीले सम्वन्धित कार्यालयलाई आ–आफ्नो क्षेत्रमा सुशासन कायम गर्न आग्रह गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले समग्र जिल्लाको बस्तुस्थित, बजेटको अवस्था र विकास निर्माणको अवस्थामा बारेमा जानकारी गराउनुभएको थियो ।





प्रतिकृया दिनुहोस्