Print

स्थानीय निर्वाचनका पर्वतमा विशेष सुरक्षा रणनीति लागू गरिदै

१८ फागुन, पर्वत । वैशाख ३१को निर्वाचनलाई लक्षित गरेर पर्वतमा विशेष सुरक्षा योजना बन्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति, पर्वतको बैठकमा जिल्लाको वर्तमान शान्ति सुरक्षाको समीक्षा गर्दै आगामी स्थानीय तहको निर्वाचनसम्बन्धी सुरक्षा रणनीतिको बारेमा विस्तृत छलफल भएको छ ।

स्थानीय तहको निर्वाचन घोषणा भइसकेकोले निर्वाचन सम्पन्न भई परिणाम सार्वजनिक नहुँदासम्म जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतहरुको कार्यालयहरु, तिनका सवारी साधन र निर्वाचन सामाग्रीहरुको स्थायी रुपमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई थप चुस्त दुरुस्त र प्रभावकारी बनाउने सम्बन्धमा जिल्लाको सुरक्षा रणनीतिको बारेमा समितिमा सघन रुपमा छलफल भएको छ ।
साथै निर्वाचनलाई केन्द्रीत गरी निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात्को सुरक्षा व्यवस्थालाई भरपर्दो र प्रभावकारी बनाउन जिल्लाको समग्र सुरक्षा स्थितिको विश्लेषण एवं सुरक्षा जोखिमको पहिचान गरी निर्वाचनसम्बन्धी सुरक्षा योजनाको तयारी भएको छ ।

जसका लागि सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालको संयोजकत्वमा जिल्लास्थित सबै सुरक्षा निकायका अधिकृत प्रतिनिधिहरु रहेको ५ सदस्यीय कार्यदल गठन भएका छ । उक्त कार्यदलले स्थानीय तह निर्वाचनको सुरक्षा योजना तर्जुमा गरी १५ दिनभित्र जिल्ला सुरक्षा समिति, पर्वत समक्ष मस्यौदा पेश गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस