१६ फागुन, पर्वत । दाइजोमा लैनो भैँसी नपाएको निहुँमा दुलही छोड्ने धनुषाका एक बेहुलालाइ इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेर खोरमा हालेको छ । आजको अन्नपूर्ण पोष्ट् दैनिकमा समाचार छ ।
सिउँदोमा सिन्दुर हालिसकेकी बेहुली छाड्ने बेहुला कान्छी बजार–९ का रौदी कापरलाई प्रहरीले पक्राउ गरेर खोरमा हालेको हो । बर्दिबास नगरपालिका–८ फूलबारी टोलको १९ वर्षीया अमृताकुमारी कापरको हिन्दु परम्पराअनुसार विवाह भएको थियो । दाइजोमा लैनो भैँसी नपाएपछि बेहुलाले बेहुली नअन्माई हिडेका थिए ।
अमृताका बुबा रामप्रकाश कापरको उजुरीका अधारमा इलाका प्रहरी कार्यालयले बेहुला रौदीलाइ उनको घरबाट पक्राउ गरेको हो । डिएसपी शालिग्राम शर्माले बेहुला रोदीलाइ पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको बताए । विवाहमा खर्च भएको साढे सात लाख रुपैयाँ असुल गरी दाइजो खोज्ने बेहुलालाई कडा कारबाहीको माग गर्दै रामप्रकाश प्रहरी समक्ष पुगेका हुन ।





प्रतिकृया दिनुहोस्