Print

पशुपती शर्मा र कला पंगेनीको नयाँ गीत बजारमा (भिडियो सहित)

१२ फागुन, पर्वत । चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्माको आवाजमा रहेको फरक धारको गीत “जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता जागरुक बनाउनुछ हाम्ले नयाँ पुष्ता” बजारमा आएको छ । प्राय आफै द्वारा लेखीएका र फरक धार र फरक फरक आशयका गीत हरु मात्र गाउने गायक शर्माले यसपटक भने दुर्गा पंगेनी द्वारा लिखीत गीत गाएका छन । मलाई अमेरीका यही पछी प्राय गीत हरु माया प्रेम प्याटर्नमा निकालेको र आफुले फरक स्वादको गीत खोजीरहेको बेलामा दुर्गा पंगेनीले पठाएको शब्द मन परेको कारण आफु गीत प्रति आकर्षीत भएको कुरा गायक शर्माले बताए ।

अन्तरा गुनगुनाउदै गायक शर्मा अगाडी भन्छन
बनाउनु छ चौतारी पिपल अनी बर को
रोक्नु पर्छ परदेशीने नेपालीको लर्को !! यो गीत निकै शंदेशमुलक समेत रहेको छ  ।परदेशीएका युवा हरुको जमात लाई रोक्ने आशय रहेको कुरा समेत गीतमा समावेश भएको कारण यो गीत प्रति म निकै आशावादी छु । यो गीतमा लय समेत गायक शर्मा आफैले भरेका छन ।

आठ मीनेट लामो दोहोरी गीतमा गायक शर्मा लाई लोकप्रिय दोहोरी गायीका कला पंगेनीले साथ दिएकी छन । देशमा भित्रभित्रै फैलीदै गएको जातीवादको आगो र राजनैतिक अतिवाद लाई समेत गीतमा समेटीएको कारण आफु गीत प्रति निकै आशावादी रहेको कुरा गायीका पंगेनीले बताईन ।गायीका का अनुसार समय फेरीदो क्रम संगै समाजमा आम जिन्दगीका कुरा हरु, परम्परा हरु र मानविय स्वार्थ हरु कसरी फेरीदै गईरहेका छन भन्ने कुरा गीतमा प्रस्तुत गरीएको छ ।

कृष्ण फिल्मसको पोष्ट प्रोडक्सन रहेको गीतको भिडीयो चर्चित निर्देशक शंकर विसीले निर्देशन गरेका छन । क्यामरामा सुरेश श्रेष्ठ छन ।भिडीयो सम्पादन नविन घर्ती मगरले गरेका छन भने अभिनयमा गायक पशुपती शर्मा आफै, गायीका कला पंगेनी र अर्का मोडल विपेश घिमीरेका, नायीका विनु खड्का को साथमा हास्य कलाकार भटभटे माईलाले समेत काम गरेका छन । मिचीएको सिमानाको कुरा अनी देश बचाउने कुरा हरु समेटीएको कारण गीतको भावना अनुसार काम गरेको र गीत पनि निकै मन परेको कुरा मोडल विपेश घिमीरेले बताए ।

चर्चित संगीत संयोजक विनोद वाजुरालीको संगीत संयोजन रहेको उक्त गीत गायीका कला पंगेनीको युट्युव च्यानल बाट सार्वजानीक गरीएको छ ।

भिडियो

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस