१२ फागुन, पर्वत । आगामी वैशाख ३१ गते सरकारले तोकेको स्थानीय तहको निर्वाचनमा पर्वतमा मात्रै ३ सय १९ जना निर्वाचित हुने भएका छन । जिल्लाको २ नगरपालिका र ५ गाउँपालिकामा गरी ३ सय १९ जना निर्वाचित हुने भएका हुन । आयोगले पर्वतमा कुस्मा र फलेबास नगरपालिका तथा पाँच गाउँपालिका बनाउने भएको छ । आयोगले जलजला गाउँपालिका, मोदीगाउँपालिका, महासिला गाउँपालिका, पैञ्युँ गाउँपालिका र बिहादी गाउँपालिका बनाएको छ ।
कसरी विभाजन गरिएको छ पर्वतलाई गाउँ पालिका र नगरपालिकामा ?
साबिकको कुस्मा नगरपालिकामा खौलालाँकुरी, आर्थर डाँडाखर्क र ठुलिपोखरी गाविसलाई थप गरिएको छ । कुस्मा नगरपालिकामा १४ वडा कायम गरिएको छ । पाङ्गलाई कुस्माको १ नं वडा, खुर्कोटलाई २, दुर्लुङ्गलाई तीन, कुस्माको ८ नम्बर वडा लाई ४, ९ लाई ५ नम्बर वडा, १० लाई ६ नम्बर वडा, ११ नम्बर वडालाई ७ नम्बर वडा बनाइएको छ। यसैगरी चुवालाई ८, कटुवालाई ९, पिपलटारीलाई १०, पकुवालाई ११ , ठुलीपोखरी १२ , खौलालाँकुरीलाई १३ र आर्थर डाडाँखर्कलाई १४ नम्बर वडा कायम गरिएको छ ।
फलेबास नगरपालिकामा कार्किनेटा, थापाठाना, शंकरपोखरी, मुडीकुवा, भंगरा, लिमिठाना, ठानामौला खानीगाउँ, देविस्थान, पाङ्गराङ्ग गाबिस तथा कुर्घा गाबिसका १ देखि ६ र ९ नम्बर वडा मिसाईएको छ । फलेबास नगरपालिकामा ११ वडा कायम गरिएको छ । जिल्ला प्राबिधीक समितिले पाङ्गराङ्ग बाहेकका गाबिसलाई राखेर फलेबास गाउँपालिका सिफारिस गरेको थियो । यो नगरपालिकामा कार्निनेटा गाबिस वडान नं १, थापाठाना गाबिस २, शंकरपोखरी ३, मुडिकुवा ४, खानीगाउँ ५, देबिस्थान ६, लिमीठाना ७, ठानामौला ८, भंगारा ९, कुर्घाको १ देखि ६ र ९ नम्बर वडा समेटेर १० र पाङ्गराङ्गलाई ११ नम्बर वडा बनाएको छ ।
जलजला गाउँपालिकामा बाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाइरिङ, नाङ्गलिबाङ्ग र बनौ गाविस समेटिएको छ । यो गाउँपालिकामा ९ वटा वडा हुनेछन । बाँसखर्क १, माझफाँटको ६,८ र ९ वडाको २, माझफाँटको ३ र ७ नम्बर वडा मिलाएर ३ नम्बर वडा, माझफाँटको १, २, ४ र ५ वडा मिलाएर ४ नम्बर वडा कायम गरिएको छ। लेकफाँट गाबिस ६, शालिजा, ७, नाङ्गलिबाङ्ग ८ र बनौ ९ नम्बर बडा कायम गरिएको छ ।
मोदी गाउँपालिकामा क्याङ, बाजुङ, देउराली, भुकताङ्ले, देउपुर, तिलाहार, चित्रे, राम्जादेउराली गाबिस मिलाइएको छ । मोदी गाउँपालिकामा ८ वटा वडा कायम गरिएको छ । भुकताङ्गले १ नम्बर वडा, देउपुर २, देउराली ३, क्याङ्ग ४, बाजुङ्ग ५, तिलहार ६, राम्जादेउराली ७ र चित्रेलाई ८ नम्बर वडा कायम गरिएको छ ।
महासिला गाउँपालिकामा फलामखानी, लुंखु, पाखापानी, बालाकोट, भोकसिङ, होश्राङ्दी र कुर्घा गाबिसको ७ र ८ नम्बर वडालाई मिसाइएको छ । यो गाउँपालिकामा ६ वटा वडा कायम गरिएको छ। होस्राङ्गदी गाबिसलाई १, भोक्सिङ्ग २, बालाकोट ३, पाखापानी ४, लुंखु सबै र कुर्घाको ७ र ८ वडा मिलाएर ५ र फलामखानी गाबिसलाई ६ नम्बर वडा कायम गरिएको छ।
पैञ्यु गाउँ पालिकामा हुवास, भोर्ले, टकलाक, त्रिवेणी, बेहुलीबास र सरौखोला गाविसलाई मिसाइएको छ । यो गाउँपालिकामा ७ वटा वडा कायम गरिएको छ । टकलाकलाई १, त्रिबेणी २, बेउलीबास ३, हुवासको १,२,३,७ र ८ वडा मिलाएर ४, हुवासको ४, ५, ६ र ९ वडा मिलाएर ५, सरौखोला ६ र भोर्लेलाई ७ नम्बर वडा कायम गरिएको छ।
बिहादी गाउँपालिकामा बाच्छा, बर्राचौर, रानीपानी, वहाकी , उराम र शालिग्राम गाविसलाई समेटिएको छ । बिहादी गाउँपालिकामा ६ वटा वडा कायम गरिएको छ । बाच्छा गाबिसलाई १, बर्राचौर २, रानीपानी ३, वहाकी ४, उरामपोखरा ५ र शालिग्राम गाबिसलाई ६ नम्बर वडा कायम गरिएको छ ।
निर्वाचनमा समावेशीता
आगामी वैशाख महिनामा सञ्चालन हुने स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधत्वलाई सवैभन्दा धेरै स्थान दिइएको छ । नगरपालिकामा हुने प्रमुख र उप प्रमुखको निर्वाचनमा दलले उमेदवारी दिँदा दुई पद मध्ये एक पदमा महिलालाई अनिर्वाय गरिएको छ । त्यसैगरी वडा सदस्यहरुमा पनि ४ जना मध्ये दुई जना अनिर्वाय निर्वाचित हुने गरी कोटा निर्धारण गरिएको छ । वडा सदस्यहरुमा ४ जना मध्ये २ जना महिला बाहेक अन्य २ जनालाई पनि समावेशी हुने गरी उमेदवारी दर्ता गर्नुपर्ने गरी प्रावधान राखिएको छ । यसरी हेर्दा पर्वतमा झण्डै १ सय ६३ जना महिला प्रत्यक्ष निर्वाचित हुनेसक्नेछन ।






प्रतिकृया दिनुहोस्