१० फागुन, पर्वत । शिवालय बहुमुखी क्याम्पस कुश्माको छैटौ बार्षिकोत्सवको अवसरमा विविध खेलकुद प्रतियोगीताहरु सञ्चालन गरेको छ । क्याम्पस हाता भित्र सञ्चालन गरिएका कार्यक्रमहरुमा भलिबल प्रतियोगीता, दौड प्रतियोगीता, म्यूजिकल चियर, लठा तान्ने प्रतियोगीता, कबडी प्रतियोगीता, हाजिरिजवाफ लगाएतका कार्यक्रमहरु सम्पन्न भएका छन ।
विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सग्लन्न गराइ उनीहरुको चौतर्फी विकास गराउने उद्देश्यले उक्त प्रतियोगीताहरु आयोजना गरिएको क्याम्पसका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।
क्याम्पसले आगामी फागुन ११ गते छैटौ बार्षिकोत्सव तथा तेस्रो साधारण सभाको आयोजना गर्दै छ । क्याम्पसले आयोजना गरेका कार्यक्रमहरुमा विद्यार्थीहरुको उल्लेख सहभागीता रहेको अध्यक्ष पहाडीले बताए । क्याम्पसमा बक्तृत्वकला, गजल, मुक्तक प्रतियोगीताहरुको समेत आयोजना गरिने क्याम्पसका प्राध्यापक आनन्द पौडेलले जानकारी दिए ।
यसै वीच क्याम्पसमा मंगलबार वक्तृत्वकला, गजल वाचन र मुक्तक वाचन प्रतियोगीता समेत सम्पन्न भएको छ । क्याम्पसले प्राङगढमा आयोजीत वक्तृत्वकला प्रतियोगीतामा ९ जना विद्यार्थीहरु र साहित्यीक प्रतियोगीतामा ८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगीताहरुमा विजयी विद्यार्थीहरुलाई बार्षिकोत्सवका दिनमा पुरस्कार वितरण गरिने क्याम्पसले जनाएको छ ।





प्रतिकृया दिनुहोस्