९ फागुन, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ११ पाखाथरमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मंगलबार दिउँसो स्थानीयवासीले दिएको जानकारीको आधारमा कार्यालयवाट खटि गएको प्रहरि निरिक्षक सहितको टोलिले प्रारम्भिक अनुसन्धान गर्दा मृत व्यक्ति पर्वत जिल्ला कुश्मा नगरपालिका ११ का ३७ वर्षिय देवेन्द्र नेपाली रहेको बताएको छ ।
नेपाली सोमबार विहान कामको लागी घरवाट निस्केको र अत्याधिक मदिरा सेवनका कारण मृत्यू भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईएको छ ।
मृतक नेपालीको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल पर्वतमा लगिएको र पोस्टमार्टम पछि परिवारले बुझेको प्रहरी निरिक्षक मधुकर जंग विष्टले जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्