Print

‘सरकार चुनाव देखि भाग्दैछ’–अध्यक्ष पहारी

२९ माघ, पर्वत । युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले सरकार चुनाव देखि भाग्न थालेको आरोप लगाएका छन । शनिवार पर्वतको कुश्मा बजारमा आयोजीत युवा संघ क्षेत्रीय कमिटिको वैठकलाई सम्बोधन गर्दै पहारीले सरकार हरुवा मानसिकतामा चुनाव देखि भाग्न थालेको आरोप लगाएका हुन ।

वैठकलाई सम्बोधन गर्दै पहारीले एमालेको राष्ट्रियताको नाराले जनता जागेका बेला सरकारले समयमै निर्वाचनको मिति नतोक्नुलाई शंकाको घेरामा राख्नुपर्ने बताए । उनले राष्ट्रयीताको सन्दर्भमा एमाले नेतृत्व सरकारले गरेका असल कार्यहरुका प्रभाव जनतामा परेका कारण सरकार डराएर चुनाव गर्न नचाहेको जिकिर गरे । वैठकलाई सम्बोधन गर्दै पहारीले युवा संघको केन्द्रिय कमिटिले आगामी स्ववीयू निर्वाचन अनेरास्वीयूको पोल्टामा पार्नका लागि देशब्यापी कार्यकर्ता परिचालन देखि युवा नेताहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको बताए ।

४ दिनसम्म सञ्चालन भएको केन्द्रिय कमिटिले महत्वपूर्ण निर्णय गरेको बताउँदै पहारीले युवा संघको एकतालाई अव कसैले पनि भत्काउन नसक्ने समेत जिकिर गरे ।

वैठकमा एमाले सचिवालय सदस्य तथा युवा संघ पर्वतका अध्यक्ष बिमल लामिछाने, प्रेस चौतारी पर्वतका उपाध्यक्ष गणेश गिरी, युवा संघ पर्वतका सह सचिव नवराज गिरी, युवा संघका नगर कमिटि सदस्य विश्वराज श्रेष्ठ लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस