Print

उद्योग मन्त्री जोशीले शालीजामा अल्लो प्रशोधन मेसिनको उद्घाटन गरे

१ फागुन, पर्वत । नेपाल सरकारका उद्योग मन्त्रीले पर्वतको शालिजामा अल्लो प्रशोधन मेसिनको एक कार्यक्रमका वीच उद्घाटन गरेका छन । उद्योग मन्त्रालयले ९ लाखको लागतमा शालीजामा प्रदान गरेको अल्लो प्रशोधन मेसिनको आइतबार एक कार्यक्रमका वीच मन्त्री जोशीले उद्घाटन गरेका हुन ।

मेसिनको उद्घाटन गर्दै मन्त्री जोशीले नेपालका ५८ जिल्लामा अल्लो उद्योगका प्रसस्त सम्भावना रहेको बताउँदै पहिलो चरणमा पर्वत लगाएतका जिल्लालाई प्राथमिकता दिएर सरकार अगाडि बढेको समेत बताए । उनले नेपालको आफ्नै उत्पादनका लागि अल्लोको कपडा र अन्य सामाग्री विशिष्ट पहिचान भएको भन्दै उक्त लघु उद्योगको विकासका लागि सरकार सधै तयार रहेको समेत बताए ।
पर्वतका आधा दर्जन गाविसमा अल्लोका व्यावसायिक उत्पादन हुँदै आएको छ । अल्लोबाट उद्यमीहरुले कोट, झोला, जुत्ता र टोपी लगायतका २ सय भन्दा बढि वस्तुहरु उत्पादन हुदै आएको छ ।

लघु उद्यम विकास कार्यक्रमले सन २०१४ मा गरेको एक अध्ययन अनुसार नेपालमा करिब ९ सय गलैचा उद्योग दर्ता छन भने २ सय ४० उद्योग सञ्चालनमा छन । नेपालमा उत्पादन हुने वस्तुमा गलैचा पनि पर्दछ ।
आइतबार शालिजा गाविसको साझा सुविधा केन्द्रमा आयोजीत कार्यक्रममा मन्त्री जोशीसंगै सांसदहरु अर्जुनप्रसाद जोशी र कल्पना चापागाईले पनि मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस