Print

अंग्रेजी विषयका शिक्षकहरुको पर्वतमा समिति गठन

 २९ माघ, पर्वत ।  पर्वत जिल्लामा रहेर अंग्रेजी बिषय शिक्षण गर्दै आएका शिक्षकहरुको भेलाले नेपाल इंग्लीस ल्याङ्ग्वेज टिचर एसोसिएसन नेल्टा, पर्वतको गठन गरेको छ । नेल्टाको केन्द्रिय समिति अन्तर्गत पर्वत शाखा रहने गरी नेल्टा पर्वतको लागि ११ सदस्य रहेको तदर्थ समिति गठन भएको हो ।

उक्त समितिको अध्यक्षमा देव शर्मा, उपाध्यक्षमा नवराज शर्मा, सचिबमा सूर्यप्रसाद भुषाल, सह सचिबमा लालप्रसाद शर्मा, कोषाध्यक्षमा शुसिला भुषाल रहनुभएको छ । त्यसैगरी समितिको सदस्यहरुमा संजय रेग्मी, बिनोद सुवेदी, चिरञ्जीवी अधिकारी, लक्ष्मीप्रसाद शर्मा, ईन्द्रप्रसाद तिमिल्सीना र राजु प्रसाद भुषाल चयन हुनुभएको छ ।

समितिको सल्लाहकारहरुमा भूपेन्द्र चापागाईं, शोभाकान्त रिजाल र बलराम शर्मा रहनुभएको छ । अहिलेको लागि तदर्थ समितिले जिल्लामा अंग्रेजी शिक्षणसंग सम्बन्धीत बिभिन्न कार्यक्रमहरु संचालन र एक बर्ष भित्रमा साधारण सभा गरी नयाँ कार्यसमिति छनोट हुने अध्यक्ष शर्माले जानकारी दिनुभयो । शर्माले जिल्लामा अंग्रेजी शिक्षण विकास गर्नमा केन्द्रिय समितिसंग सहकार्य गरी बिभिन्न कार्यक्रमहरु आयोजना गरीने उल्लेख गर्नुभयो । यस अगाडी पर्वत जिल्लामा नेल्टा गठनको लागि बिभिन्न प्रयासहरु भएको भएपनि बल्ल मात्रै तदर्थ समितिको निर्माण भएको हो । – संजय रेग्मी

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस