२९ माघ, पर्वत । पर्वतको प्रसिद्ध मोदीवेणी दीव्यधाममा आश्रय लिएर बसेका बृद्धबृद्धालाई यहाँका एक सामाजिक व्यक्तिले सहयोग गरेका छन् । कुश्मा नगरपालिका वडा नं. ९ वडागाउँ निवासी राम श्रेष्ठ र धर्मपत्नि ज्योति श्रेष्ठले शनिवार वृद्धवृद्धाहरुलाई ५० हजार बराबरको न्यानो ब्ल्याङ्केट सहयोग गरेका हुन् ।
उनले विभिन्न कारणले परिवारबाट अपहेलित भएका वा धार्मिक आस्थाका आधारमा मोदीवेणी धाम आई बसेका वृद्धवृद्धाहरुलाई १७ थान ब्लाङ्केट सहयोग गरेको बताएका हुन् । श्रेष्ठले आफ्नो छोरा क्षितिज श्रेष्ठ व्रीटिश आर्मीको क्लर्कमा भर्ती भएको खुसीयालीमा सो सहयोग उपलब्ध गराएका हुन् । उनले अब छोरा आफ्नै खुट्टामा उभिन सक्ने भन्दै सोख तथा चाहना अनुसार उसले आफ्नो भविष्य आफै कोर्न सक्ने भएपछि अत्यन्तै खुसी लागेको बताए । त्यसैको खुसीयालीमा मोदिबेणी धाममा रहेका बृद्धबृद्धालाई सहयोग गरेको उनको भनाई छ ।
ब्लाङ्केट ग्रहण गरेसंगै धाममा रहेका बृद्धबृद्धाहरुले श्रेष्ठलाई धन्यबाद समेत दिएका थिए । उनी विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध व्यक्ति हुन् । उनी सदरमुकाम स्थित पर्वत गुरुकुल एकेडेमीमा शिक्षण पेशामा समेत आवद्ध रहेका छन् ।





प्रतिकृया दिनुहोस्