२७ माघ, पर्वत । सत्ता गठ बन्धन यति बेला धरापमा परेको छ । ६ महिनाका माओवादीले नेतृत्व गर्ने र बाँकी ६ महिना कांग्रेसले सरकारको नेतृत्व गर्ने भद्र सहमति गरेर बनेको वर्तमान सरकारका सत्ता गठन बन्धनमै समस्या देखिन थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले माघ महिना भित्र चुनावको मिति घोषणा नगरेको खण्डमा वर्तमान सरकार परिर्वतन हुने सम्भावना पनि देखिन थालेको छ ।
नेपाली कांग्रेसले सरकार समिकरण खतरामा पर्न सक्ने भन्दै प्रधानमन्त्री दाहाललाई चुनावको मिति घोषणाको लागि दबाद दिएपनि सरकारले भने चुनावको मिति घोषणा गर्नसक्ने अवस्था देखिएको छैन । सरकारले चुनावको मिति घोषणा गर्न नसक्ने, प्रतिपक्षी दल एमालेले चुनावको मिति घोषणाका लागि दबाब दिने परीस्थितले सरकार समिकरणमा असर पर्ने हो की भन्ने अनुमान पनि गर्न थालिएको छ । प्रचण्डले पुर्व सहमती बमोजीम नेपाली कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्न सहमत भएमा नयाँ समिकरणको सम्भावना कम देखिन्छ । तर, सरकारपक्षका प्रचण्डले नयाँ नेतृत्वका लागि कांग्रेसको प्रस्ताव गर्छन भन्ने पनि यकि छैन ।
एमाले नेताहरुले आगामी चैत्र मसान्त भित्र वर्तमान सरकार ढल्ने र वैशाखमा नयाँ सरकार बन्ने ठोकुवा गर्न थालेका छन भने कांग्रेस भित्र निर्वाचन गराउन नसक्ने सरकारको पछि लागेर देशले निकाश नपाउने भन्ने तर्कहरु पनि देखिन थालेका छन । यी सवै खालका परिस्थितीले प्रचण्ड नेतृत्वको सरकार समस्यामा परेको स्पष्ट देख्न सकिन्छ । सरकार चुनावको मिति घोषणा गर्न तयार छ न नयाँ सरकारको अभ्यास गर्न तयार रहेको देखिन्छ । यसले देशमा राजनैतिक विचलता ल्याउने, तरलता सृजना गर्ने र संविधानमा उल्लेख भए बमोजीम समयमा निर्वाचन नहुने हो की भन्ने कुरा देखिन थालेको छ ।
नयाँ समिकरणको अभ्यास भएको खण्डमा कांग्रेस नेतृत्वमा जाने वा एमालेले नेतृत्व गर्ने भन्ने कुरा यकिन छैन । तर, एमालेको सहयोगमा कांग्रेसले सरकारको नेतृत्व गरेको खण्डमा देशले निकाश पाउने र संविधान बमोजीमको चुनाव सम्भव हुन सक्छ । तर, उक्त सम्भावना यति बेला न्यून देखिन्छ ।
माओवादीले पुनः एक पटक एमालेलाई सत्ताको नेतृत्व गर्न सिफारिस गर्नसक्ने सम्भावना पनि कम देखिन्छ । माओवादीले कांग्रेसलाई सहज रुपमा नेृतत्व हस्तान्तरणका लागि तयार भएमा यि सवै सत्ता समिकरणको खेल समाप्त भने हुनेछ यद्यपि समयमा चुनाव गराउने र संविधान कार्यान्वयनको पाटो भने यथावत रहने देखिन्छ ।





प्रतिकृया दिनुहोस्