२७ माघ, पर्वत । गोरु काटेर खाएको आरोप पर्वत प्रहरीले धाइरिङ ८ बाट ५ जनालाई नियन्त्रणमा लिएको छ । गोरु काटेर खाएको सुचनाका आधारमा प्रहरीले बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिनेहरुमा धाइरिङ गाविस वडा न ८ का झिल्के दर्जी, छवि परियार, सन्तु दर्जी, आइते दर्जी र नरबहादुर दमाई रहेका छन ।
उनीहरुले मंगलबार गोरुको बध गरेको प्रहरी नायव उपरिक्षक शेखर खनालले बताए । ‘हामीलाई सुचना बुधवार मात्र आयो’ खनाल भन्छन–‘नियमानुसार गौ बध कसुर अनुसार मुद्दा चलाउने तयारी गर्दैछौं ।’ नेपालको कानूनले गौबधलाई कानूनी रुपमा बन्देज गरेपनि गाउँघरका केहि समुदायले अझै पनि गोरुको मासु खाने गरेका छन ।
खनाल भन्छन–‘गोरुलाई बध गरेको मुचुल्का र छाला सहितका प्रमाणहरु बध स्थलबाट हामीले नियन्त्रण गरेका छौं ।’ आरोपितहरुलाई बिहिबार नै कसुर बमोजीमको मुद्दा चलाउने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए ।




प्रतिकृया दिनुहोस्