Print

१४ करोडको लागतमा सिल्मी–ठुलिपोखरी–खौला–कार्किनेटा सडक कालोपत्रे हुने

२७ माघ, पर्वत । जिल्लाको सदरमुकामलाई कार्किनेटासंग जोड्ने सिल्मी–ठूलिपोखरी–खौला–कार्किनेटा सडक कालो पत्रे हुने भएको छ । बहुबर्षिय ठेक्का अन्तर्गत सिल्मी देखि कार्किनेटाको झण्डै १४ किलोमिटर कच्चि सडक कालो पत्रे हुने भएको हो ।

जिल्लाको ऐतिहासिक ब्यापारीक नाकाको रुपमा रहेको कार्किनेटालाई सदरमुकामसंग जोड्ने उक्त सडकका लागि १४ करोड ३६ लाख८४ हजार ६ सय ५७ रुपैंया रकम विनियोजन भएको छ । नेपाल सरकारको ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत उक्त सडक कालोपत्रे हुन लागेको हो । सडक कालोपत्रे भएपछि कुश्मा नगरपालिका १७, ठुलिपोखरी, खौला, कार्किनेटा र थापाठानाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन । सडक कालोपत्रेका लागि पहिलो चरणको बोलपत्र आब्हान हुँदैछ ।
जिल्लाको कुश्मा नगरपालिका दोविल्लाबाट फलेवास क्षेत्रसम्मको लागि कालोपत्रेको काम भईरहेको बेला सोही सडकसंग जोडिएको उक्त सडक कालोपत्रे हुन लागेको हो । सिल्मी खण्डसम्म हाल कालोपत्रे भईरहेको छ । सिल्मी हुँदै कार्किनेटाको सडक कालोपत्रे हुँदा पर्वत देखि पोखरासम्मको यात्रा थप सहज हुनेछ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस