Print

कालीगण्डकी लोकमार्गले बदल्दै, पर्वतको कालीगण्डकी तटीय क्षेत्र

१९ साउन, पर्वत । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको कालीगण्डकी लोकमार्ग (करिडोर)ले पर्वत जिल्लाको कालीगण्डकी तटीय क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ ।

उत्तरमा चीनको सीमा क्षेत्रदेखि दक्षिणमा भारतीय सीमासम्म जोड्ने यो रणनीतिक सडकले पर्वतका नदी तटीय बस्तीलाई राष्ट्रिय तथा अन्तर्राष्टिूय व्यापारिक मार्गसँग जोड्दै विकासको नयाँ आधार तयार गरिरहेको छ ।