– वि.वि. श्रेष्ठ
सत्तामोहको जालमा रुमल्लिएर स्वार्थ केन्द्रित राजनीतिमा रमाएका नेपालका नेताहरुको कमजोर दृष्ट्रिगोचर, अदुरदृष्ट्रिले दीर्घकालिन असर परिरहेको सन्दर्भ र त्यसले पारेको अत्यासलाग्दो भविश्यकावीच पुनः राजनीति उही पुरानो र देशलाई नै दीर्घकालिन नकारात्मक प्रभाव पार्ने खेलहरु खेलिरहेको सन्दर्भमा पुन त्यहि निरन्तरता नै रहने कुरा स्वयंसिद्ध तथ्य बनेको छ । जसरी पनि आफूलाई केन्द्र भागमा राखेर गरिने राजनीतिले देश र जनतालाई भूमरीमा त पार्यो नै अन्ततः त्यसका योजनाकार र सर्बेसर्वा सोच्नेहरुनै अब भोलिका दिनमा के हुने हो भन्ने गन्तव्यविहीन यात्रामा विलिन हुने कुरामा कुनै शंका नै छैन ।
परिवर्तनका नारा फगत सत्ताका लागि मात्र वनिसकेपछि त्यो भन्दा क्रुर र अनैतिक के नै हुन सक्दा रहेछ र ? चेतना विहिनताको अभाव वा अन्देखि कारण भोलिको टेक्ने आधार समेत गुमिरहदाँ त्यो अन्तरआत्मामा केहि ले पनि छोएन होला ? साच्चै नै नेता हुन जति सजिलो छ त्यति नै राजनेता हुन गाह्रो हुने कुरा पलपलले प्रमाणित गरिसकेको छ । प्रचण्डका लागि समयले जति धेरै अवसर दियो त्यो अवधिमा लाखौ गुणा राष्ट्रघात र विदेशी हस्तक्षेपले प्रश्रय पायो । जसको मुल्य आम जनताले प्रत्यक्ष अप्रत्यक्ष रुपमा भोगिरहनुपर्दछ ।
नीति, विचार र कार्यक्रम भन्दा पनि स्वार्थ केन्द्रित राजनीतिको यो दाउँपेचमा नेपाल र नेपालीको अस्तित्वनै के हुने भन्ने कुरामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । सत्ता र स्वार्थका लागि जे जस्तो परिणाम पनि भोग्न तयार भइरहँदा निश्चित समयपछि के होला भन्ने कुरामा समान्य भन्दा समान्य हेक्का समेत नराख्दा सरकार सधैंझैं असफल बनिरह्यो । सरकारका नेतृत्व गरेको पुष्पकमल दाहालको क्षणिक सत्तामोह र हतास मनस्थितीले जन्माएको सरकार नौं महिनाको लिखित करारनामा गरेर पनि सो अवधिसम्म नटिक्ने निश्चित भएको छ ।
सधैं सरकार सत्तामा नै रहनुपर्ने सोच नै प्रधान देखियो । आफू हुँदा सधैं ठीक हुने र अरुले राम्रो काम गरेको समेत देख्न नसक्ने कमजोर धरातलमा टेकेर बनेको सरकार अन्ततः फेरी ढल्ने निश्चित देखियो । सीमित अवधिका लागि हिरो बन्ने र केही मान्छेको भीँड देख्ने वित्तिकै सम्हालिन नसक्ने प्रचण्ड अन्ततः फेरी घुमाईफिराई रुम्जाटार भनेझैं पुनः नेकपा एमालेनै उचित देख्ने र पुनः सत्ताको स्वाद चाख्न अभिप्रेरित हुने कुरा अबको केही दिनमानै उसको हतास र थकित मनस्थितीबाट देख्न सकिन्छ । सधैं सरकार सत्तामा नै रहनुपर्ने सोचनै प्रधान देखियो । आफू हुँदा सधैं ठीक हुने र अरुले राम्रो काम गरेको समेत देख्न नसक्ने कमजोर धरातलमा टेकेर बनेको सरकार अन्ततः फेरी ढल्ने निश्चित देखियो । सीमित अवधिका लागि हिरो बन्ने र केही मान्छेको भीँड देख्ने वित्तिकै सम्हालिन नसक्ने प्रचण्ड अन्ततः फेरी घुमाईफिराई रुम्जाटार भनेझैं पुनः नेकपा एमालेनै उचित देख्ने र पुनः सत्ताको स्वाद चाख्न अभिप्रेरित हुने कुरा अबको केही दिनमा नै उसको हतास र थकित मनस्थितीबाट देख्न सकिन्छ ।
समयानुकुल जतापनि ढल्कन सक्ने विशेषता बोकेका प्रचण्डले अवका केही दिनमा भन्ने छन् ‘नेपालका बामपन्थी दल मिल्नुको कुनै विकल्प छैन । देशमा रहेको परिवर्तनकारी शक्ति मिलेर देशमा रहेको यथास्थितीवादी शक्ति र विदेशी हस्तक्षेपका विरुद्ध लड्नको विकल्प छैन । सम्पूर्ण राष्ट्रवादी शक्तिहरुले साथ दिने हो भने म त्यसको नेतृत्व गर्न तैयार छुँ ।’ प्रचण्डको अबको अभिव्यक्ति यो हुने कुरामा अव कुनै शंका छैन ।
नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएका विभिन्न कार्यक्रमबाट अत्तालिएका प्रचण्ड र जसरी पनि एमालेको सरकार ढाल्नुपर्ने नत्र सबैको भूमिका सखाप हुने भन्दै त्यसतर्फ लागे । सत्ताका लागि जे पनि गर्न तयार रहेको मोर्चा र त्यसको मतियारा बनेका प्रचण्ड पुनः ओली सरकारको जयजकार गरेर सत्तामा आसिन हुन सकिन्छ कि भन्नेमा स्वाप्नदृष्टिमा देखिन्छन् । जुन कालान्तरमा त्यो परिदृश्य देख्न धेरै घोत्लिन पर्देन । नेपालका सन्दर्भमा नेपालका धेरै प्रधानमन्त्रील सिहंदरवारमा फोटो झुन्डाउनुनै महानता ठानँे । यस सन्दर्भमा त्यसलाई पनि महाननै मान्नुपर्दछ । तर देश र जनताका मुक्तिका लागि काम गरेको भन्न नथाक्ने कथित महान व्यक्तित्वहरुनै देश र जनताका नाममा देशलाई नै वन्धक बनाइरहेका छन् । जुन गतिविधि र राष्ट्रबादी कथित सोचले अन्ततः देश र जनतालाईनै अन्धकारको भूमरीमा फसाइरहेका छन् । मिलेर वसेका नेपालीहरुको बीचमा जात र अधिकारको नाममा विखण्डन गरेर खेल्न सकिन्छ र आफू सँधै सत्ता केन्द्रित रहन सकिन्छ भन्ने सोचवाट गरिएको क्रियाकलापले नेपाल र नेपालीको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा हुन पुगेको छ ।
निश्चित समय र अन्तरालमा यो रापले अन्तत सवैलाई डढाउने कुरामा कुनै पनि शंका छैन । जनताको मुक्तिका लागि हजारौको ज्यान वलिदान दिने प्रचण्ड अझै पनि सत्ताको सपनामा परेर भारतीय विस्तारवाद सामू लम्पसार परिरहेका छन् । त्यसैको परिणाम हो अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय क्याम्प राख्न दिनु । देश र जनताका प्रत्यक्ष सरोकार राख्ने विषयमा समेत कुनै हेक्का नगरी क्षणिक सत्तामोहले गरिएको निर्णयले भोलिका दिनमा आम जनताले के भोग्नुपर्ने हो, त्यसको जवाफ कसले दिनेछ त्यो बुझ्न सकिएन ।
सत्ता र कुर्सी भन्दा देश र जनता ठूलो हो भन्ने मानसिकता जवसम्म अन्तरआत्मामा रहँदैन तवसम्म यस्ता निर्णयहरु भइरहनेछन् । भारतीय विस्तारवादको विरुद्ध जेहाद सुरुङ्ग युद्ध छाड्ने वताएका प्रचण्ड अन्ततः केही दिनका लागि सत्तामोहमा फसेर देशलाईनै वन्धक वनाइरहेका छन् । जुन आम नेपाली जनताले सहन सक्ने छैनन् । यसको मूल्य प्रचण्डले कुनै दिन चुकाउने नै छन् ।
परिवर्तनका नारा फगत सत्ताका लागि वनिसकेपछि त्यो भन्दा क्रुर र अनैतिक के नै हुन सक्ने रहेछ र ? चेतना विहीनताको अभावले भोलि टेक्ने आधार समेत गुमिरहँदा त्यो अन्तरआत्मामा केहीले छोएन होला ? साच्चैनै नेता हुन जति सजिलो छ त्यति नै राजनेता हुन गाह्रो हुने कुरा पलपलले प्रमाणित गरिसकेको छ ।
प्रचण्डको लागि समयले जति धेरै अवसर दियो त्यो भन्दा लाखौ गुणा राष्ट्रघात र विदेशी हस्तक्षेपले प्रश्रय पायो । जुन सवैको लागि दुर्भाग्य वनिदियो । इतिहासको कठघरामा अवसर पाएर पनि देश र जनताका लागि केही गर्न नसकेको प्रचण्ड यो अवधिमा खेलेको भूमिकाले नेपालको अस्तित्व माथिनै धावा बोलेका छन् । मिलेर बसेको नेपाल र नेपालीको लागि विभिन्न मुद्दा उठाएर अराजकतामा धकेल्न सफल प्रचण्ड त्यही भूमरीमा कहिल्यै पनि निस्कन नसक्ने गरी फसिसकेका छन् । हिजो राष्ट्रवादी छवि बनाएका ओली सरकारलाई विस्थापित गरेर सत्तामा आसिन प्रचण्ड सत्ताविहीन हुन अव धेरै दिन कुर्न पर्देन ।






प्रतिकृया दिनुहोस्