Print

पर्वतको मोदीखोला मोटरेपुल निर्माणमा अवरोध

१५ माघ, पर्वत । बहुचर्चीत राष्ट्रिय गौरवको आयोजना उत्तर—दक्षीण जोड्ने कालीगण्डकी लोक मार्गमा पर्ने पर्वतको सदरमुकाम नजिकै मोदीखोलामा निर्माण हुन लागेको मोटरेवल पुलको कार्यमा स्थानीय वासीन्दाले अवरोध गरेका छन् ।
कुल ३ करोड ५० लाख लागतमा मोदीबेनीमा निमार्ण गर्न लागीएको पुलमा स्थानीए बसीन्दाले ऐतिहासिक तथा पौराणीककाल देखि रहेको मठ, मन्दिर,पाटी पौवा र बृद्धाश्रममा समेत क्षेती पुग्ने भन्दै अबरोध गरेका हुन ।
उनीहरुले उक्त ठाउँमा मोटरेवल पुल निमार्ण कार्यले पुरातात्विक संरचनाहरु ध्वस्त हुने र मोदीबेनी धामको स्तीत्व समेत समाप्त हुने भन्दै निमार्ण कार्य अगाडी बढन दिएका छैन्न । पुलको निमार्ण कार्य शुरु गरेपछी उनीहरुले यथास्थान बाट पुल निमार्ण गर्न नदिने भन्दै प्रस्तावित नक्साङकन भएको ठाउँ बाट करिब २०० मिटर पुर्व पट्टी मल्याङदी खोला नजिक पुल निर्माण गर्न भन्दै मन्त्रालयमा समेत निवेदन दिईएको जानाईएको छ ।

उक्त पुलको २ बर्ष भित्रमा काम सम्पन्न गर्ने गरि निमार्ण कम्पनी सगँ सम्झौता गरि काम अगाडी बढाईएको थीयो । सो पुलको लम्बाइ १४० मिटर र चौडाइ आठ मिटर रहने गरी ठेक्का सम्झौता भएको थीयो । पुल निर्माण कार्यमा स्थानिए बाधक बनेपछी पुल निमार्णको लागी टेन्डर परेको लामो समय सम्म पुलको काम आगाडी बढ्न नसक्दा पर्वत बासीमा निराशा छाएको छ ।
अहिँले बन्न लागेको स्थानमा मोटरेवल पुलले मोदीबेनी धाममा केहीँ असर नगर्ने र विकास निर्माणमा समेत राजनितिक खिचातानी गर्ने परिपाटीका कारण स्थानियले अबरोध गरेको पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले बताउनुभयो । उहालेँ निकै कष्टपुर्ण तवर बाट पुल निमार्णको लागी बजेट बिनियोजन गरिएको र राष्ट्रिय गौरवको आयोजनामा स्थानिएले यसो गर्नु निकै दुःख पुर्ण कार्य भएको बताउनुभयो । उहाँले मन्त्रालयबाट अब फेरि छिट्टै नै डिजाइन परिवर्तनको अनुमति स्वीकृत लिई स्वीकृत भएपछि पुलको निर्माण कार्य अगाडि बढ्ने बताउनुभयो ।
उक्त ठाउँमा पुल निर्माण सम्पन्न भए लोक मार्गले छोएका तथा नजिक पर्ने दर्जनौँ जिल्लाका बासीन्दाहरु प्रत्यक्ष लाभान्वित हुनेछन । अहिँले कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास—कुश्मा सडक खण्डको ट्राक वपन गर्ने काम भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस