१५ माघ, पर्वत । शुक्रबार विहानै देखि परेको अविरल बर्षाका कारण पर्वत महोत्सव प्रभावित बनेको छ । विहिबारदेखि शुरु भएको पर्वत महोत्सव झरीले प्रभावित बनाएको हो । झरीका कारण स्टल व्यवसायीहरु बढी समस्यामा परेका छन् ।
विहिबार नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्सवको उद्घाटन गर्नुभएको हो । उद्घाटनका अवसरमा बसन्त थापा लगायतका राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति राखेपनि शुक्रबारको कार्यक्रम प्रभावित बनेको छ ।
शुक्रबार बद्री पंगेनी, प्रकाश सुपत, मिलन अमात्य, इन्द्रा गुरुङ लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी सहि बजारमा प्रचारप्रसार गरेपनि झरीकै कारण कलाकारले आफ्नो प्रस्तुति देखाउन पाएका छैनन् । ‘पानी परेपछि महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणको संख्या उत्साहजनक देखिएन त्यसैले कलाकारको प्रस्तुति रोकेका छौँ’ कलाकार संयोजक तथा उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानलेले बताए । ‘मौसमले साथ दिएमा साँझको समयमा कलाकारको प्रस्तुति राख्ने सोच बनाएका छौँ’ बर्षाका कारण रमाइलो मेला समेत प्रभावित बनेको छ ।
२२ गते सम्म सञ्चालन हुने महोत्सवमा १ सय ६० भन्दा बढी होटल, कृषि, लघुउद्यमी, फेन्सी लगायतका स्टलहरु रहेका छन् । महोत्सवको दोश्रो दिनमा नै सोचेअनुरुप व्यवसाय गर्न नपाएपछि स्टलवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।





प्रतिकृया दिनुहोस्