१९ मंसिर, पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल मैदानमा आयोजीत एक विशेष कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष परविन गुरुङले खेलकुद प्रतियोगीताको शुभारम्भ गर्नुभएको थियो ।
खेलप्रतियोगीताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले खेल क्षेत्रले बालबालिकाको सर्वाङगीण विकासमा सहयोग पुराउने बताउनुभयो । अध्यक्ष गुरुङले खेलकुदको माध्यमबाट कुलतमा लाग्नबाट विद्यार्थीहरुलाई बचाउन सकिने भन्दा खेलकुदले शारीरिकसंगै मानसिक विकास पनि हुने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष मिना तिवारीले बिद्यार्थीको अनुशासनको मापनका लागि पनि यस्ता खेलकुदका कार्यक्रमहरु निरन्तर गरिरहनुपर्ने बताउनुभयो । आजका बालबालिका भोलीका समाजका अगुवा भएकाले विद्यालय देखि नै सवै प्रकारका सीप र शिक्षा विद्यार्थीले प्राप्त गनुर््पर्ने धारणा राख्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले खेलक्षेत्रको विकास र विस्तारको माध्यम स्थानीय तहमा अझै धेरै आवश्यक रहेको औल्याउनुभयो । खेलक्षेत्रको माध्यमबाट देशलाई विदेशमा समेत परिचय गराउन सकिने भएकाले सवै तहका सरकारले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका रोजगार संयोजक हिमलाल गिरीले गर्नुभएको थियो ।




