१९ मंसिर, पर्वत । नेकपा(एमाले) को एघारौं महाधिवेशनमा ४० वर्ष मुनीको युवा प्रतिनिधिको रूपमा पर्वत जिल्लाबाट विमल लामिछानेले प्रतिनिधित्व गरेका छन ।
२७ वर्षको उमेरमा नै २०७४ सालको स्थानीय तहको चुनाबमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं ६ को वडा अध्यक्ष बन्नु भएका लामिछाने २०७९ को स्थानीय तहको चुनाबमा मोदी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
राष्ट्रिय युवा संघ, पर्वत जिल्लाको अध्यक्ष हुँदै राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवको जिम्मेवारी प्राप्त गर्नु भएका उहाँ सो पछि भने पार्टी राजनितीमा सक्रिय हुनुहुन्छ ।
नेकपा(एमाले) जिल्ला कमिटी, पर्वतको सदस्य, सचिवालय सदस्य हुँदै २०७९ सालमा नेकपा(एमाले) जिल्ला कमिटी पर्वतको उपसचिव बन्नुभएका लामिछाने २०८१ सालमा नेकपा(एमाले)को दशौं जिल्ला अधिवेशबाट निर्वाचित भई हालसम्म नेकपा(एमाले), जिल्ला कमिटी पर्वतको उपाध्यक्ष रूपमा पार्टी राजनितीमा सक्रिय हुनुहुन्छ ।
पर्वत जिल्लामा लोकप्रिय युवा नेताको रूपमा स्थापित हुनुभएका विमल लामिछानेलाई नेकपा(एमाले)को एघारौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा नेतृत्वले विश्वास गरेमा पक्कै पनि युवा पुस्ताको प्रतिनिधित्वलाई न्याय हुनेछ । यद्यपि लामिछानेले आफ्नो उम्मेदवारी बारे बाहिर केहि बोल्नु भएको छैन।
जेन्जी आन्दोलन लगत्तैको अप्ठ्यारो परिस्थितिमा पनि केपी शर्मा ओलीको समर्थनमा आफ्नो विचार व्यक्त गर्दै आउनु भएका लामिछाने पुन: केपी शर्मा ओलीले नै नेकपा(एमाले)को नेतृत्वमा अपरिहार्य रहेको बताउदै आउनु भएको छ । नेकपा(एमाले)को राजनिती भित्र अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका विश्वासपात्रको रूपमा लामिछाने चिनिदै आएका छन ।




