Print

‘खाडी राष्ट्रमा कार्यरत नेपाली मजदुरको समस्याप्रति राज्य उदासीन’

 १४ माघ,  दुबई । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले खाडी मुलुकमा कार्यरत नेपाली मजदुरुहरुले पठाएको रेमिटेन्सको आधारमा चल्ने राज्य त्यस्ता मजदुरहरुको समस्याप्रति नै उदासीन हुनु ठूलो बिडम्बना भएको बताउनु भएको छ ।

नेपाली जनसम्पर्क समितिले बुधवार विहान दुबईमा आयोजना गरेको कार्यक्रममा पौडेलले खाडी मुलुकमा कार्यरत लाखौं नेपालीको अवस्था दयनीय भएपनि राज्यले केही गर्न नसकेको बताउनुभयो । राजधानीबाटै सुरु हुने मानव तस्करीको संजाल नतोडेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुको अवस्था सुध्रर्न नसक्ने पौडेलले बताउनुभयो ।

वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न छुट्टै वैदेशिक रोजगार मन्त्रालय गठन गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । श्रम मन्त्रालय एक्लैले वैदेशिक रोजगारको भार थेग्न नसक्ने भन्दै उहाँले खाडी मुलुक सहित अन्य राष्ट्रहरुमा रहेका झण्डै ४० लाख श्रमीकहरुको समस्या समाधान गर्ने गरी छुट्टै वैदेशिक रोजगार मन्त्रालय गठन गर्नुपर्ने माग राख्नु भएको हो ।

खाडी मुलुकहरुमा कार्यरत लाखौं नेपालीहरुको सीप मुलुक नवनिर्माण तथा पुर्ननिर्माणका लागि आवश्यक भएकाले तत्काल उनीहरुलाई स्वदेश फर्काउने वातावरण राज्यले मिलाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस