Print

१ करोड रकम संकलन गर्न अन्तराष्ट्रिय पर्वत समाजले च्यारिटि कार्यक्रम गर्ने

२० पुस, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले घोषणा गरेको एक करोडको परोपकारी कोषका लागि आगामी जुन ३ तारिखका दिन युकेको लन्डनमा एक च्यारिटी कार्यक्रमको आयोजाना हुने भएको छ । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि समाजका हितकाजी गुरुङ संयोजक र जगन गुरुङ सदस्य सचिव रहेको आयोजक समिति गठन गरिएको जानकारी समितिका महासचिव गुणराज शर्माले दिए ।

उक्त च्यारिटी कार्यक्रममा संसार भरिका पर्वत समाजका अभियान्ता, अग्रज लगायतको उपस्थिति रहने विस्वास गरिएको छ । पर्वत जन्मघर भएर हाल प्रवासमा बस्दै आएका नेपालीहरुले गठन गरेको अन्तराष्ट्रिय पर्वत समाजले जिल्लामा परोपकारी गतिविधिहरु सञ्चालन गर्ने उद्देश्य साथ १ करोड रकमको परोपराकारी कोषको स्थापना गर्ने निर्णय गरेको छ ।

सोहि निर्णयका आधारमा समाजले प्रवासमै च्यारिटि सो कार्यक्रम मार्फत कोषमा रकम जम्मा गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरेको हो ।