Print

अलपत्र परेका युवाहरुलाई पर्वत युवा समाज कतारले घर फर्कायो

१५ भदौ, पर्वत । ४ महिना पहिला कतार पुगेका पर्बत धाइरिङ निवासी डन्डे दर्जी र पुरुसोत्तम दर्जी भिसा बिहिन बने । न कम्पनीले तलब दियो न कम्पनीले भिसा प्रक्रिया र घर फिर्ताका लागि सहयोग नै गरयो । कतारमा अलपत्र परेका ति युवाहरुलाई कतारमा गठन भएको पर्वत युवा समाजले सहयोग गरेपछि उनीहरुले अहिले घर फर्कन पाएका छन ।

समाजका अध्यक्ष चिन्तामणी पौडेलका अनुसार कागजातहरु मिलाउने देखि टिकट ब्यवस्थापनमा समेत समाजले सहयोग गरेको हो । आफन्तीहरुसंग सम्पर्कमा लगेर उनीहरुलाई घर फर्काइएको पौडेलले जानकारी दिए । पर्वत युवा सेवा समाज कतारले डेढ महिना पहिला पनि यसैगरी तलब बिहिन , भिसा बिहिन हुदै कम्पनि मालिक समेत सम्पर्क बिहिन भइ समस्यामा परेका पर्बत पांगरांगका नर बहादुर परियारलाई यस अघि पनि टिकट सहित नेपाल फिर्ता पठाएको थियो ।

समाजले कतारमा रहेका नेपालीहरुको समस्यामा मात्र नभई स्वदेशमा पनि भैपरी आउने समस्यामा सक्दो सहयोग गर्दै आएको छ ।