१४ माघ, अमेरिका । गत आइतबार क्यालिफोर्निया राज्यको दक्षिण भागमा बस्ने नेपाली समुदायले राज्यका स्टेट ट्रेजरर जोन चियांगको साथमा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
यस भागमा नेपाली समुदायले उच्च सरकारी अधिकारीका साथ गरेको यो प्रथम भेटघाट हो । विश्व अर्थतन्त्रको छैटौँ स्थान ओगटेको क्यालिफोर्निया राज्यका स्टेट ट्रेजररले नेपाली समुदाय, आर्टेसिया सहरका मेयर अलि साजिद ताज, आर्टेसिया सहरका काउन्सिल मेम्बर भिक्टर मनालो, सहरका अधिकारी र कर्मचारी तथा अन्य नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गरेका थिए ।
‘स्टेट ट्रेजरर चियांगको साथमा गरिएको कार्यक्रम नेपाली समुदायले पहिले गरिने कार्यक्रम भन्दा धेरैनै प्रभावकारी रहेको थियो’, ,जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका सदस्य हरिराम पन्त बताउँछन् ।
यस क्षेत्रमा नेपाली समुदायको जनसङ्ख्या बढे सँगै उच्चस्तरीय नेताहरूको ध्यान नेपाली समुदायतर्फ बढ्न थालेको छ । यो कार्यक्रम नेपाली समुदायको आवाज सुनिने र आफ्ना आवाज सुनाउने एक थलोको रूपमा समेत रहेको थियो ।
कार्य्रक्रममा सम्बोधन गर्दै स्टेट ट्रेजरर चियांगले आफ्ना मातापिताले पचासको दशकमा एउटा नयाँ आप्रबासीको रूपमा सङ्घर्ष गर्दै आफ्ना बच्चाहरू सफल बनाउने सोचाईगरेको स्मरण गर्दै भने, ‘हामी सबैले सपना देख्ने र कडा परिश्रम गर्ने हो भने सफलता प्राप्त गर्न सकिन्छ ।’





प्रतिकृया दिनुहोस्