३ चैत, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले ८ औ स्थापना दिवस मनाएको छ । गाउँपालिका स्थापना भएको ८ बर्ष पुरा भएको उपलक्ष्यमा गाउँपालिकाले आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्थापना दिवसको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य भक्त कुँवर, फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारी जलजला गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, कांग्रेसका पालिका सभापति निद्रोष लामिछाने, एमाले पालिका अध्यक्ष हिमलाल पौडेल, माओवादीका पालिका अध्यक्ष कृष्णबहादुर सुवेदी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
पालिका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष बिमल लामिछानेले ब्यक्त गरेका थिए । शिक्षा अधिृकत दिनेश शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुराउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
।
=====================================================
बिभिन्न बिधामा सम्मानित हुनुहुने व्यक्तित्वहरु
१ गाउँपालिकाको उत्कृष्ट कर्मचारी श्री राजु भुसाल– वडा सचिव ३ नं वडा कार्यालय
२ उत्कृष्ठ मा वि शिक्षक – श्री बासुदेव शर्मा – नव जागृत मा वि
३ उत्कृष्ट नि मा वि शिक्षक – श्री घनश्याम पोख्रेल – क्याङ कर्वाकेली आधारभुत विद्यालय, मोदी ४
४ उत्कृष्ट प्रा वि शिक्षक – श्री सन्तोष मल्ल – नव ज्योति थम मा वि
५ उत्कृष्ट बाल शिक्षिका – श्री सुनिता पौडेल – पशुपति मा वि
६ उत्कृष्ट विद्यालय परिचर – श्री भद्र बहादुर जि सी नव जागृत मा वि
७ उत्कृष्ट स्वास्थ्यकर्मी – श्री फुलमाया बि क क्याङ स्वास्थ्य चौकी
८ उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका – श्री पार्वती तिमिल्सिना, –मोदी २
९ श्री कृष्ण बहादुर सुवेदी – कृष्ण एकिकृत कृषि फर्म मोदी ५
१० श्री याम प्रसाद शर्मा÷बिकास तिमिल्सिना – मोदी रेन्बो ट्राउट प्रा ली ,
११ श्री राजेन्द्र खड्का – पर्वत भमरकोट एग्रो टुरिज्म प्रा ली
१२’श्री गंगा बहादुर क्षेत्री – अनिस अन्जन गाइ फर्म
१३ श्री झकमाया गर्बुजा – झकमाया अल्लो कपडा उद्योग मोदी ४
१४’श्री कल्पना नेपाली – कल्पना ढाका उद्योग मोदी ६
१५ श्री गिताराम शर्मा – पञ्चासे लप्सी प्रशोधन उद्योग, मोदी ४
खेलकुद तर्फ
१६ श्री राजेन्द्र हमाल – ह्याण्ड बल
१७ श्री पुनम गुरुङ – ब्याडमिन्टन
१८ श्री हिरा के सी – भलीबल
१९ श्री अस्मिता गुरुङ – कराँते
ग्रामिण पर्यटन प्रवद्र्धन तर्फ
२० श्री बेलमान गुरुङ – भुक देउराली सामुदायिक होमस्टे
२१ श्री नरसिंह पुन – लेस्पार सामुदायिक होमस्टे
२३ श्री ईन्द्र कुमारी गुरुङ –लप्सीबोट सामुदायिक होमस्टे
२४ः श्री सुशिला गुरुङ – चित्रे ग्रामिण होमस्टे बिकास समिति
खेलकुदको माध्यमबाट समाजमा योगदान गर्ने युवा क्लव
२५ शिखर युवा क्लव , मोदी ४
२६ मुन स्टार युवा क्लव , मोदी ४
२७ लव्सीबोट युवा क्लब मोदी १
२८ पिपल चौतारी युवा क्लब , मोदी १
२९ न्याउले युवा क्लव – मोदी ५
३० सिद्ध वराह युवा क्लव , मोदी ८
३१ अनमोल युवा क्लव , मोदी ६
३२ मोदी ब्याडमिन्टन संघ , मोदी ६
ज्येष्ठ नागरिक सम्मान तर्फ
३३ श्री सिता कुमारी क्षेत्री १०१ वर्ष , मोदी ६
फोहोरमैला व्यवस्थापन र सामाजिक परिचालनमा सक्रिय टोल बिकास संस्थाहरु तर्क
३४ जनजागरण टोल बिकास संस्था, मोदी २
३५ डिमुवा टोल बिकास संस्था, मोदी ६
३६ थामर्जुङ टोल बिकास संस्था
३७ पातीचौर टोल बिकास संस्था, मोदी ५
३८ न्यु तिलाहार टोल बिकास संस्था , मोदी ६
३९ कार्यालयको सेवा प्रवाह र विपद व्यवस्थापनमा अमुल्य
योगदान गर्ने महिला बिकास निरिक्षक पुण्य कुमारी शर्मा
४० बिद्यालयमा शैक्षिक सामाग्री व्यवस्थापन, शैक्षिक उन्नयनको क्षेत्रमा योगदान गर्ने जन नेत्र मा वि का नि मा वि शिक्षक श्री देवेन्द्र गिरी
४१ पर्यटन प्रवद्र्धन को क्षेत्रमा विशिष्ट योगदान गर्ने श्री मन बहादुर खड्का , मोदी २
मोदी गाउँ पालिका जन्मथलो भइ विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिहरु तर्फ
१ डा जागेश्वर गौतम – वरिष्ठ स्त्रीरोग विशेषज्ञ –मोदी ७
२ डा झलक गौतम – खोप विशेषज्ञ – मोदी ७
३ श्री चित्र बहादुर गुरुङ्ग – नेपाली सेनाको रथी वाट निवृत–मोदी ८
४ श्री रामचन्द्र खत्री – नेपाली सेनाको सहायकरथी वाट निवृत– मोदी ६
५ श्री देवेन्द्र मेधासी – नेपाली सेनाको उपरथी बाट निवृत–मोदी ६
६ श्री ज्ञानेन्द्र बिक्रम महत – नेपाल प्रहरीको डिआइजी बाट निवृत –मोदी ६
७ श्री बाबुराम सुवेदी – नेपाल सरकारको सहसचिय वाट निवृत–मोदी ५
८ डा अनिल भट्टराई – वरिष्ठ मुटुरोग विशेषज्ञ –मोदी ६
९ श्री हेमराज सुबेदी – सहसचिव नेपाल सरकार –मोदी ६
१० डा तेज बहादुर सिंह महत – वन विज्ञान अध्यान संस्थानको चिनबाट सेवा निवृत्त एवं सामुदायिक वनको प्रणेता –मोदी ६
११ श्री ज्योतिन्द महत – सहायक रथी, नेपाली सेना–मोदी ६
१२ श्री राजेन्द्र गुरुङ – नेपाल प्रहरीको प्रहरी उपरीक्षक बाट सेवा निवृत्त – मोदी २
१३ श्री गोविन्द पुरी – प्रहरी उपरीक्षक, नेपाल प्रहरी–मोदी ६
१४ श्री महेन्द्र जंग लामिछाने – नेपाली सेनाको प्रमुख सेनानी बाट निवृत –मोदी ६
१५ श्री प्रताप गुरुङ – प्रहरी उपरीक्षक बाट निवृत –मोदी ७




