Print

प्रहरी निरिक्षक बाँनिया उत्कृष्ट प्रहरी


६ चैत, पर्वत । जिल्लाको हुवास स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक निरबहादुर बाँनिया फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा बाँनियालाई पुरस्कृत गरेको छ । बाँनियाले विभिन्न्न आपराधिक क्रियाकलापहरुमा सग्लन्न भई अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको थिए ।

बाँनियाले अदालतको फैसला कार्यान्वयन गराउन तथा पदीय दायित्व इमान्दारी, वफादारीताका साथ निर्वाह रेको भन्दै प्रहरी प्रमुख रविन विष्टले बाँनियालाई पुरस्कृत गरेका हुन् । बाँनियाले इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा खटिई कार्यालयका महत्वपूर्ण जिम्मेवारी पुरा गरेको प्रहरी श्रोतको भनाई छ ।

बाँनियाले यो अवधिमा लागू औषधि नियन्त्रण र न्यूनिकरणका लागि समेत विद्यार्थी सचेतनामूलक कार्यक्रमहरुमा सक्रियता देखाएका थिए । पछिल्ला समय बढ्दै गइरहेको लागू औषध दुब्यर्सनी न्यूनिकरण गर्न विद्यालय सचेतना कार्यक्रममा बाँनियाको विशेष भूमिका थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएका जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गरेको भन्दै कार्यालयले विष्टलाई सोमबार एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको हो ।