२ चैत, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले वैदेशिक रोजगारी ठगीका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले पर्वतको कुश्मा नगरपालिका वडा न ८ घर भएका ७२ बर्षिया मिठाराम विश्वकर्मालाई पक्राउ गरेको हो ।
बैदेशिक रोजगार न्यायधिकरणले २०७५ साल माघ २८ गते विश्वकर्मालाई कैद र विगो असुलको फैसलला गरेको थियो । विश्वकर्माले १ बर्ष २१ दिन कैद भुक्तान गर्न बाँकी थियो । प्रहरी निरिक्षक निरबहादुर बाँनियाले विश्वकर्मालाई काठमाण्डौंबाट पक्राउ गरिएको जानकारी दिए । हाल विश्वकर्मा काठमाण्डौं महानगरपालिका वडा न १६ वनस्थलीमा बस्दै आएका थिए ।
पक्राउ परेका विश्वकर्मालाई पर्वत अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।